शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २३ गते । सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्णय गरेको हो ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
प्रवक्ता खरेलका अनुसार उखु कृषकलाई अनुदान रकम प्रति क्विन्टल ७० कायम गर्ने निणयसमेत सरकारले गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय प्रवक्ता खरेलले मङ्गलबार एकसाथ सार्वजनिक गर्नुभएको हो।