• २३ मङ्सिर २०८२, मङ्गलबार

शान्ति पुरस्कार विजेता भेनेजुयलाका विपक्षी नेतृ मचाडोसँगको पत्रकार सम्मेलन स्थगित

blog

नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडो ।

ओस्लो, मङ्सिर २३ गते । नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोसँग मङ्गलबार हुने पत्रकार सम्मेलन ‘स्थगित’ भएको नोबेल इन्स्टिच्युटले जनाएको छ । “सबै कुराले सुझाव दिन्छ हामी आज पत्रकार सम्मेलन आयोजना गर्ने छौँ,” इन्स्टिच्यूटका प्रवक्ता एरिक आसेमले एएफपीलाई भने ।

यो घोषणा भेनेजुएलाका अधिकारीद्वारा ‘भगौडा’ घोषित हुने जोखिममा ओस्लोमा हुने भनिएको बुधबारको पुरस्कार समारोहमा मचाडोले व्यक्तिगत रूपमा उपस्थित भई पुरस्कार ग्रहण गर्ने वा नगर्ने भन्ने प्रश्न बढेपछि यो घोषणा भएको हो । मचाडोको परिवार पहिले नै ओस्लोमा छ ।

समारोहको पूर्वसन्ध्यामा नोबेल पुरस्कार विजेताले परम्परागत रूपमा आयोजना गर्ने यो पत्रकार सम्मेलनमा ५८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेतो ११ महिनापछि पहिलो पटक सार्वजनिक हुने अपेक्षा गरिएको छ । राष्ट्रपति निकोलस मदुरोले तेस्रो कार्यकालका लागि राष्ट्रपति पदको शपथ ग्रहण गरेको विरोधमा जनवरी ९ मा काराकासमा भएको प्रदर्शनमा उहाँ अन्तिम पटक सार्वजनिकरूपमा देखिनु भएको थियो । 

मचाडोले सन् २०२४ को जुलाईमा हुने राष्ट्रपति चुनावमा आफूलाई उम्मेदवार बन्न प्रतिबन्ध लगाएको आरोप लगाउनु भएको छ । सन् २०१३ देखि राष्ट्रपति रहेका मदुरोको कडा शासनलाई चुनौती दिँदै भेनेजुएलामा प्रजातन्त्र ल्याउने प्रयासका लागि मचाडोलाई अक्टोबर १० मा नोबेल शान्ति पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो । रासस/एएफपी