नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
गौर प्रादेशिक अस्पतालका चिकित्सकहरुले शनिबार रक्तदान गरी रक्त सञ्चार केन्द्र सञ्चालन गरेका छन् । अस्पतालमा रहेको रक्त सञ्चार केन्द्र सञ्चालन गर्न उद्देश्यले गौर प्रादेशिक अस्पालका ५० जना स्वास्थ्यकर्मीले रक्तदान गरेका हुन् ।
छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन् । उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वडा नम्बर ४ अन्तर्गत दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर नेपालगन्जमा ल्याएको ठुलो परिमाणको चप्पल बरामद गरेको छ ।
संरक्षणको अभावमा जीर्ण बन्दै गएको नेपालगञ्ज उपमहानगरपालिका-९ बाँकेबगियास्थित बाल मन्दिरले पूर्वाधार विकाससँगै मुहार फेर्दै गएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।
अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताउनुभएको छ । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो ।
यसै आर्थिक वर्षभित्र ढुवानी गर्नेगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार क्वीन्टल खाद्यन्न थप गरेको छ । जिल्लामा खाद्यन्न समस्या हुन नदिन समय खाद्यन्न कोटा थप्ने कार्य लिमिटेड केन्द्रले गरेको हो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले खेलकुद क्षेत्रको विकासका लागि आगामी बजेटमा विशेष व्यवस्था गरिने बताउनुभएको छ ।
नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।
विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट हुनुभएको हो ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।
महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ ।
सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ ।