• २३ मङ्सिर २०८२, मङ्गलबार

क्रिकेटर नन्दन हिमालयन विलोको ब्रान्ड एम्बेसडर

blog

ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता कार्यक्रममा नन्दन यादव ।

काठमाडौँ, मङ्सिर २३ गते । हिमालयन विलोले राष्ट्रिय क्रिकेट टोलीका सदस्य नन्दन यादवलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

उक्त कम्पनीले मिडियम पेसर नन्दनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । हिमालयन विलोका सिइओ तथा कोफाउन्डर प्रदीप यादव र नन्दनले ब्रान्ड एम्बेसडरसम्बन्धी  सम्झौतामा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता एक वर्षका लागि गरिएको बताइएको छ । 

सम्झौता अनुसार हिमालयन विलोले नन्दनलाई एक वर्षसम्म क्रिकेट खेल सामाग्री उपलब्ध गराउने र केही आर्थिक सहयोग समेत गर्ने छ । सम्झौता कार्यक्रममा नन्दनले एउटा बलरलाई मन पराएर ब्रान्ड एम्बेसडर बनाएकोमा कप्पनीलाई धन्यवाद दिनुभयो । 

यस्तै सोही कार्यक्रममा केजी स्पोर्ट्स ब्रान्डले युवा नेपाली ब्याट्सम्यान सन्दीप जोरालाई पनि एक वर्षका लागि खेल सामग्री प्रायोजन गर्ने घोषणा गरेको छ । हिमालयन विलोसँगको सहकार्यमा केजी स्पोर्ट्सले जोरालाई एक वर्षका लागि खेल सामग्री प्रायोजन गरेको हो ।