• २३ मङ्सिर २०८२, मङ्गलबार

मानेभन्ज्याङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवती माविलाई

blog

भगवती माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ।

ओखलढुङ्गा, मङ्सिर २३ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भगवती माध्यमिक विद्यालयले हात पारेको छ ।

मानेभन्ज्याङ गाउँपालिकाको आयोजना, राज्यलक्ष्मी माविको संयोजन तथा व्यवस्थापनमा सञ्चालित गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत आठवटा विद्यालय सहभागी रहेकोमध्ये २२ पदकसहित भगवती माध्यमिक विद्यालय पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

गत वर्ष पनि प्रथम बनेको उक्त विद्यालयले यस वर्ष पनि ८ स्वर्ण, ८ रजत र ६ काँस्य गरी कुल २२ पदक प्राप्त गरेको मानेभञ्ज्याङका शिक्षक लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।


त्यसैगरी, ८ स्वर्ण, ५ रजत र ३ काँस्यसहित १५ पदक प्राप्त गरेको हर्कपुर माध्यमिक विद्यालय दोस्रो स्थानमा रह्यो । ६ स्वर्ण, ५ रजत र ६ काँस्यसहित कालिका माध्यमिक विद्यालय मोली तृतीय भयो ।

प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः शिल्ड, पदक, ट्रफी, प्रमाणपत्रसहित ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । व्यावहारिक र संस्कारयुक्त शिक्षामा अब्बल मानिएको भगवती मा वि ट्र्याकतर्फका खेलमा अगाडि छ ।

त्यसैगरी प्रतियोगिता अवधिभर अनुशासित खेलाडीतर्फ भगवती मावि मानेभन्ज्याङका मन्जेश गौतम र हर्कपुर मावि हर्कपुरकी–दिपिका गौतम घोषित हुनुभएको छ ।

उत्कृष्ट खेलाडी तर्फ हर्कपुर मावि हर्कपुरका टेरेन्स सुन्दर श्रेष्ठ र कालिका मावि मोलिका अमिता राई घोषित हुनुभएको छ । कार्यक्रममा पालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो । प्रत्येक पालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय प्रतियोगिता हुनेछ ।