सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाद्वारा असिनाबाट पीडित एक सय २७ जना कृषकलाई राहत प्रदान गरिएको छ ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजापट्टीमा इजरायलको आक्रमणले इजरायलको सुरक्षा क्षेत्रमा मात्रै नभई विश्वकै सुरक्षालाई खतरामा पार्ने बताउनुभएको छ ।
सुडानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका राजदूत रामताने लामाम्राले सुडानमा शान्ति र स्थायित्व कायम हुने र द्वन्द्व अन्त्य हुने सम्भावनाबारे आशावादी रहेको बताउनुभएको छ ।
समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको बताउनुभएको छ ।
पाल्पाका ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई निशुल्क लठ्ठी प्रदान गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो ।
जाम्बियामा अक्टोबर यता हैजाका कारण तीन सय ६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग (हैजा) फैलिएदेखि हालसम्म नौ हजार १५५ जना सङ्क्रमित भएका छन् ।
सुनसरीको विभिन्न स्थानीय तहमा किसानको रोजाइमा केराखेती देखिएको छ । जिल्ला सदरमुकाम इनरुवा लगायतका विभिन्न स्थानीय तहमा एक पटक केरा रोपेपछि तीन वर्षसम्म प्रतिफल पाउने र केरामा लगानी अनुसारको बढ्दो प्रतिफलका कारण किसानले केरा खेती रोज्न थालेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गर्नुभएको छ ।
काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ ।
असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा सुरु भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमबार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शीर्ष स्थानमा हुनुपर्ने आह्वान गरेका छन् ।
श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् ।