दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।
सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए ।
गल्याङ नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानुभक्त आचार्य माध्यमिक विद्यालयले हासिल गरेको छ ।
कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाखभन्दा बढी थाई बासिन्दालाई आफ्नो आश्रय स्थल छोडी अन्यत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
खुला महिला म्याराथन प्रतियोगितामा निरमाया चौधरी प्रथम हुनुभएको छ ।
बेनी नगरपालिका–४, बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पक्षी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बाबासी भने पुस्तौदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको माटो उत्खनन गरेर बिक्री गरेको पाइएको छ ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बर्थिङ् सेन्टर खुल्ने क्रम बढेसँगै घरमै बच्चा जन्माउने क्रम घट्दै गएका छन् ।
यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेकाे बाउनुभएकाे छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।
भगवतीमाई गाउँपालिका–३, मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिनुभयो । पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहनुभएको थियो ।