हाम्रा लागि विकास नै सर्वाधिक चासोको विषय भइरहेको छ । त्यो पनि उन्नत स्तरको होइन, आधारभूत स्तरको तर विकासको स्पष्ट मार्गचित्र तय हुन सकेको छैन । अर्थात् विकासले भरपर्दो लय समात्न सकिरहेको छैन । यथार्थमा विकासबारेको दृष्टिकोण निर्माण गर्न, प्राथमिकता पहिचान गर्न र योजना बनाउन गम्भीर बहस र विमर्श नै हुन सकेको छैन । जे भइरहेको छ कोरा आवश्यकताले घचटेर र लहडमा भइरहेको प्रतीत हुन्छ । त्यही भएर त कहिले भ्यु टावर, कहिले पानीजहाज, कहिले सभा भवनका साथै हचुवा तवरमा सडकहरूको निर्माणलाई नै विकास भन्ने र मान्ने गरिएको छ ।
विश्व परिवेशले पारेको प्रभाव र आन्तरिक दबाब हुँदाहुँदै पनि मुलुकको अर्थतन्त्र लयमै रहेको सरकारको भनाइलाई विश्व बैङ्कले गत बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले पुष्टि गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु वर्ष नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने प्रक्षेपण सो प्रतिवेदनले गर्नुलाई आर्थिक क्षेत्रमा सकारात्मक मानिएको छ । खास गरी केन्द्रीय बैङ्कले खुकुलो मौद्रिक नीति अवलम्बन गर्नु र आयात प्रतिबन्ध खुला गरिएको कारण अर्थतन्त्रमा सुधार आउने प्रतिवेदनमा औँल्याइएको हो । विश्व अर्थतन्त्र भने विगत ३० वर्षयताकै सबैभन्दा सुस्त गतिमा रहेकाले सन् २०२४ मा विश्वको अर्थतन्त्र २.३ प्रतिशतको औसत वृद्धिदरमा सीमित रहने अनुमान प्रतिवेदनमा सार्वजनिक गरिँदा चालु आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सकारात्मक छ । गत आवको तुलनामा यो वृद्धिदर १.९ प्रतिशतले सुधार हो । विश्व बैङ्कको अध्ययन प्रतिवेदनले गरेको अनुमान र नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले औँल्याएको सुधारोन्मुख अर्थतन्त्रको लयले सकारात्मक सन्देश प्रवाह गरेको छ । नेपालले चालु आवमा हासिल गर्ने अनुमान गरिएको आर्थिक वृद्धिदर विश्वको औसत दरभन्दा माथि हुनुलाई आर्थिक विश्लेषकहरूले सकारात्मक मानेका छन् । यद्यपि अन्य दक्षिण एसियाली मुलुकको औसत तुलनामा भने नेपालमा कमै देखिएको छ । अर्कोतर्फ विश्व अर्थतन्त्रको वृद्धिदर नै सुस्त गतिमा रहेकाले सन् २०२४ मा केवल २.३ प्रतिशतको औसत वृद्धिदर रहने अनुमान विश्व बैङ्कले गरेको छ । त्यस्तै विश्वव्यापी आर्थिक मन्दीमा पनि भारतले अर्थतन्त्रमा उल्लेख्य सुधार गरेको कारण दक्षिण एसियाली अर्थतन्त्रको औसत वृद्धिदर भने ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । यो अनुमान अघिल्लो वर्षको ५.७ प्रतिशतभन्दा थोरै मात्र न्यून देखिएको छ । सार्वजनिक लगानी तथा सुधारिएको व्यापारिक वासलातका कारण भारतीय अर्थतन्त्रले ६.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । भारत सबैभन्दा ठुलो अर्थतन्त्र भएको दक्षिण एसियाली मुलुक भएका कारण यस क्षेत्रको समग्र अर्थतन्त्रमा उसको प्रभाव नपर्ने भन्ने हुँदैन । आयातमा गरिएको प्रतिबन्ध र बढ्दो मुद्रास्फीतिका कारण बङ्गलादेशको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा केही घटेर ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । यसै गरी अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानको आर्थिक वृद्धिदर भने १.७ प्रतिशतमै सीमित रहने अनुमान विश्व बैङ्कले छ । श्रीलङ्काको अर्थतन्त्र अझै पनि लयमा फर्किन नसकेको कारण १.७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिए पनि सन् २०२४ मा आर्थिक वृद्धिदर ३.८ प्रतिशतले नकारात्मक रहने अनुमान छ । अन्य दक्षिण एसियाली मुलुकभन्दा माल्दिभ्स र भुटानको आर्थिक वृद्धिदरमा भने उल्लेख्य सुधार हुने प्रक्षेपण छ । विश्व बैङ्कको प्रतिवेदनले अर्थतन्त्रमा उल्लेख्य सुधारको अनुमान गरेको दक्षिण एसियाको अर्थतन्त्र चुनौतीविहीन भने नरहेको प्रतिवेदनले उल्लेख गरेको छ । यस क्षेत्रको अर्थतन्त्र खास गरी मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण जोखिममा रहेको प्रतिवेदनको ठहर छ । सोही जोखिमको आकलनभित्रै हाम्रो अर्थतन्त्र पनि रहेकोले सरकारले गर्नुपर्ने नीतिगत सुधारतर्फ निरन्तर सचेत हुनुपर्ने छ । केही समयअघि केन्द्रीय बैङ्कद्वारा जारी गरिएको मौद्रिक नीतिमा मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पु¥याउने अपेक्षा गरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले यसअघिका केही नीतिगत व्यवस्थालाई परिवर्तन गरी खुकुलो बनायो । अर्थतन्त्रको आन्तरिक पक्षलाई ध्यानमा राखेर चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई लचिलो बनाई कार्यान्वयनमा ल्याइएका कारण यसका सकारात्मक परिणाम आगामी दिनमा अझ बढी देखिने अपेक्षा छ । आवासीय घरकर्जाको सीमा वृद्धि गर्नुका साथै सेयर धितो कर्जा, घरजग्गा कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिमभारसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान बनाइएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा आव २०८०÷८१ को सोही अवधिमा कुल वैदेशिक व्यापार बढेको देखिए पनि निर्यात घट्नु र आयात बढेको तथ्याङ्क सार्वजनिक हुनुलाई सकारात्मक मान्न नसकिने विश्लेषकहरूको भनाइलाई मनन गर्नुपर्ने हुन्छ । अर्थतन्त्रमा दबाब कायमै रहेको अवस्थामा पनि सुधारका सङ्केत देखिनु राम्रो हो । यसर्थ, मुलुकको अर्थतन्त्र सुधार यात्रामा ठेस नलाग्ने आकलन भए पनि सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई अझ चलायमान बनाउनु जरुरी छ ।
एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो ।
नेपाली भाषा, साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा लाग्न विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना दिवसका अवसरमा
दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उहाँलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ ।
इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।
नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ मा छनोट भएको छ । स्विडेनमा हुने महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ ।
चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताउनुुभएको छ । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको आपूूर्ति सहज बनाई राष्ट्रिय विपत् जस्ता समस्यामा पनि निगमले सामाजिक उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोग उपलब्ध गराएको बताउनुुभएको हो ।
नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने छ ।
बर्दियामा बालविवाह गर्नेको सङ्ख्यामा अझै कमी आउन सकेको छैन । बालविवाह न्यूनीकरणका लागि सरकारी र गैरसरकारी संस्थाले गरेको करोडौँको लगानीको उपलब्धि बालुवामा पानी जस्तै भएको छ ।
सप्तरीका स्थानीय तह प्रमुखहरूमध्ये चर्चित र जिल्लाको एक मात्र महिला नगर प्रमुख हुनुहुन्छ, गीता चौधरी । २०७४ सालमा भएको स्थानीय तहको निवार्चनमा थोरै मतले हार बेहोर्नु परे पनि २०७९ सालको नि
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ ।
सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुहुने भएको छ ।