भदौ २३ र २४ गते भएको जेनजी विद्रोह नेपाली समाजको ऐना हो । समग्रतामा व्यक्तिकेन्द्रित मनोढाँचा र मनोगत तर्कभ्यासको प्रबलताले राजनीतिक नेतृत्व पङ्क्तिको चिन्तन प्रवृत्तिलाई धरातलीय यथार्थबाट
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिचको मित्रता घनिष्ट र सघन बन्दै गएको छ । दुवै नेता एकअर्काको खुलेर प्रशंसा गर्नुहुन्छ । मोदीले भारतलाई राजनीतिक स्थायित्व दिनुभएको छ ।
पाल्पाको रामपुर नगरपालिकाले पाकापुस्ताका लागि ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । वडा नं. ५ स्थित रामघाट धाममा ज्येष्ठ नागरिकहरुलाई सम्मानसहितको सक्रिय जीवन जिउन तथा उहाँहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका स्कुल सञ्चालनमा ल्याएको हो ।
राज्यको चौथो अङ्ग मानिने पत्रकारिताले मूलतः सत्यको अन्वेषण गरी निष्पक्ष सूचना सम्प्रेषणमार्फत प्रत्येक नागरिकलाई सुसूचित गरिरहेको हुन्छ । पत्रकारितामार्फत सम्प्रेषण हुने प्रत्येक सूचना वा खुराकको
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गरेर पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिनुभएको छ ।
हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवम् वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।
काठमाडौँको एउटा क्याफेमा २२ वर्षीय युवती समीक्षा साथीहरूसँग बहसकै व्रmममा चिया पिउँदै छिन् । जसको काँधमा देश बोकेको सपना छ । लामो सुस्केरासँगै भन्छिन्, “देश ठिकै छ भन्नेलाई मलाई ठिक
नेपियरको मूर्ति १९७० साल आषढ २४ गते सोमबार उहिले सरचार्लस नेपियरले सिन्धु देश जितेथे
गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङसहितको ‘डिजिटल हेल्थ कार्ड’ सुरु गरेको छ । ‘डिजिटल हेल्थ कार्ड’को प्रारम्भसँगै आगामी दिनमा उपचारका सबै कागजात बोकेर अस्पताल धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ ।
नेपाल सरकारले मौरीसससँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो करमुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी कूटनीतिक माध्यमबाट पठाएको छ ।
दाङमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते हुनुभएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो ।
दाङमा एक वर्षको अवधिमा १५६ वटा मानव अधिकारसम्बन्धी घटनाहरू भएका छन् । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा इन्सेक दाङका प्रतिनिधि जेएन सागरले प्रस्तुत गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रे दोभानको पक्की पुलको निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले ३३ जना आकाङ्क्षीको नाम सिफारिस गरेको छ ।
दाङको लमहीमा निर्माण भइरहेको ट्रमा सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्ग छेउमै बन्न लागेको उक्त सेन्टर राप्ती उपत्यका तथा दाङ–देउखुरी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार सहज बनाउने उद्देश्यसहित निर्माण गर्न थालिएको हो ।