भीरकोट नगरपालिका —९ मा रहेको नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समूहले आगजनी तथा तोडफोड गरेका छन् । भीरकोट नगरपालिकाको उच्च भूभागमा रहेको धार्मिक स्थलको रूपमा यो मन्दिरलाई चिनिन्छ ।
तामाङ समुदायको कथा बोकेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । तामाङहरूले लामो समयदेखि खेप्दै, भोग्दै आएका विभिन्न समस्यालाई नाटक ‘मासिन्या’ मार्फत प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
भूकम्प पछि घरमा क्षति पुगेपछि त्रिपालमुनि बसेका नागरिकहरू चिसो बढ्दै जाँदा चर्किएकै घर भित्र फर्कन थालेका छन् । भूकम्पले घरमा क्षति पुगेपछि र केही समय त्रिपालमा बसेका जाजरकोटको जुनी चाँदे ५ गर्खाकोटका ताराप्रसाद खड्काकोे परिवार जोखिम मोलेरै चर्किएकै घर भित्र बस्न थालेका छन् । सरकारले अस्थायी आवासका लागि दिने भनेको रकम समयमै नपाउँदा आफूले अस्थायी आवास बनाउन नसकेको खड्काको गुनासो रहेको छ ।
“घुसखोर, घुस दिने र लिनेहरू राष्ट्रका शत्रु हुन् ।” “नेपाल दुई ढुङ्गाबिचको तरुल हो ।” यी भनाइ हुन् पृथ्वीनारायण शाहका । बाइसे र चौबिसे राज्यलाई एकीकरण गरी एउटै राष्ट्र निर्माण गर्ने आधुनिक नेपालका निर्माताका रूपमा उनी परिचित छन् । पृथ्वीनारायणको योगदानप्रति हामी सबैले गर्व गर्नु पर्छ । आज पृथ्वीनारायणको ३०० औँ जन्मजयन्ती मनाइँदै छ । पृथ्वीनारायण करिब २५० वर्षअघि हिमालयको दक्षिणी भागमा रहेका साना राज्यमा औपनिवेशिक खतराको परिकल्पना नगरेको भए सायद आज नेपाल जस्तो गर्व गर्ने कुनै देश हुने थिएन ।
नेपाली समाजलाई यथार्थवाद र आदर्शवादको कसीमा राखेर हेर्नुमा बढी न्यायोचित र सान्दर्भिक व्याख्या हुन्छ । समाजपरक समालोचक ‘हिप्पोलिट टेन’ ले घटना र इतिहासलाई त्यसबेलाको समय, त्यही क्षण र परिवेश अनुकूल व्याख्या गर्नुपर्ने तर्क राखेका छन् । उनका अनुसार साहित्यलाई घटना घटेको समय, बाँचेको युग र समाज अनुकूल समयोचित व्याख्या गर्नु पर्छ । यसर्थ इतिहासलाई पनि यसरी नै हेर्नु पर्छ । जातीय र सामाजिक भिन्नता तथा लेखक वा शासकले बाँचेको युगानुसार उसको इतिहासलाई व्याख्या गर्नु बढी सार्थक हुन्छ । जाति, आनुवांशिक गुण र युगको युगीन स्पन्दनमा इतिहास र साहित्य लेखिन्छ । हरेक युगको चिन्तन सोही युगको लोक, समाज र संस्कृतिमा आधारित हुन्छ । समालोचकीय आधारमा माक्र्सवादी चिन्तनले पनि आर्थिक, राजनीतिक तथा भौतिक चिन्तनसँग कला साहित्यसम्बन्धी मान्यता विकास भएको कुरालाई व्याख्या गरेको छ । यसर्थ प्रभाववादलाई अँगालेर यथार्थलाई बिस्र्यौं भने त्यो व्याख्या पनि अधुरो हुन्छ । नेपाली इतिहासमा पृथ्वीनारायण शाहको योगदानलाई यथार्थबाट अलग्याएर व्याख्या गर्नु वा प्रभाववादमा फसेर देवत्वकरण गर्नु दुवै विषय स्वच्छ समालोचकीय वस्तुभित्र पर्दैन । अर्को कोणमा इतिहासलाई बङ्ग्याएर आपूm अनुकूल पुmँदा गाँस्दै अहिलेको समयसँग जोडेर व्याख्या गर्नु अर्को कमजोरी हो । टेनको मान्यतालाई हेर्ने हो भने हामीले पृथ्वीनारायणकै क्षण, परिवेश र जातिसँग गएर त्यो इतिहासलाई बोध गर्नु पर्छ ।हामी नेपालमा हुनु र नेपाली भएर गर्व गर्न पाएको धरातललाई बिर्सनु हाम्रो कमजोर मानसिकता मात्रै हो । हिजोको राष्ट्रिय स्वार्थ र आजको व्यक्ति स्वार्थ अनि आत्मप्रशंसाको भोकले हामी इतिहासलाई अपव्याख्या गर्नतिरै बढी रमाउन थाल्यौँ कि ! अर्थात् नभएका मान्छे र उहाँको इतिहासमा टीकाटिप्पणी गर्दा सहज ठान्यौँ कि ! यद्यपि हामी धरातललाई छोड्न सक्दैनौँ । यो हामीले जन्मे, हुर्के र बाँचेको धर्ती र आकाशसँग दिल साक्षी राखेर सोध्नु पनि हाम्रो कर्तव्य हो । चिन्तनगत चिन्ता र समाजव्यवस्थालाई समय र सन्दर्भले बदल्छ अनि बदलिनु पर्छ पनि । इतिहास चाहिँ समय र सन्दर्भ अनुसार पृथक् हुन्छ । पृथ्वीनारायण शाह नेपाल निर्माणको इतिहास भएकैले पनि उहाँलाई सम्मान गर्नुको अर्थ राजतन्त्रको वकालत गरियो भन्ने हुँदैन । यद्यपि हिजोआज इतिहासमा जलप लगाउने भयप्रद परिवेश बढ्दो छ । केही दिग्गज भनिएकै विचारकहरूले इतिहासमा बोव्रmे कुतर्क छाँटेर अपव्याख्या गर्न रुचाएको देखिन्छ । पृथ्वीनारायणद्वारा जुन अपेक्षा वा लक्ष्यमा प्रेरित भई नेपाल एकीकरण गरिएको भए पनि हामीले उनलाई उनकै समय, समाज र सन्दर्भसँग जोडेर व्याख्या गर्नुमा बढी बुद्धिमानी ठहर्छ ।भोलिको सुदूर यात्रामा भावी सन्तततिद्वारा बाबु बिर्सने छोरोको आरोपित इतिहास रच्न नदिनुको बुद्धिमत्तालाई बोध गरिनु पर्छ । हामीले यथार्थभन्दा पर गएर नवपुस्तामा घृणाको बिउ रोपिदियौँ भने त्यसले आपसी कलहलाई बढावा दिन्छ । इतिहासबाट सिक्ने हो तर हिजोको कुरा बोकेर आज विद्रोही बन्नुको अर्थ हुन्न । विभेदकारी बुद्धि किमार्थ रचनात्मक बन्ने खालको होइन । विगतलाई गाली गर्ने अमौलिक दर्शनका पारखीले यहाँका यथार्थ इतिहासलाई बङ्ग्याएर पाश्चात्य चिन्तनलाई देवत्वकृत तुल्याएको आरोप त्यसै लागेको होइन । यसै कारण वर्तमान समाजमा व्यक्तिगत स्वार्थको चिन्तन हाबी छ । हामी न मदनलाई बिर्सन्छौँ न त बिपीलाई नै । पूर्वाग्रह राखेर कुनै व्यवस्था नयाँ भयो भनेर नाम दिँदैमा इतिहासको सत्यता मेटाउनु पर्छ भन्नु बौद्धिकता होइन । हिजोबाट भोलिका लागि सिकौँ !आज हामी विश्वशान्तिको अपेक्षामा छौँ । यो मनुष्यत्वको गुण पनि हो । दिगो विकासको योजनाभित्र सशक्त रूपमा यही आवाजले स्थान पाएको छ । विश्व समाजले ‘वसुधैव कुटुम्बकम्’ को भावमा शान्ति शिक्षाको अभिप्रायलाई अँगाल्ने चेष्टा र अभ्यास गर्न थालेको देखिन्छ । अर्कोतिर विश्वका अमेरिका, युरोप भनिएका विकसित क्षेत्रले गोर्खाली सान र स्वाभिमानलाई उँचो मान्छ । विनाश होइन, व्रmान्ति होइन बुद्धत्वको सिङ्गो सारलाई मनन गर्छ । इतिहासका पानामा पृथ्वीनारायणको दूरदर्शितालाई जाँच्छ । छिमेकी भारत र चीनलाई दुई ढुङ्गा र नेपाललाई तरुलको संज्ञा दिएर सचेतनाको गहन भाव त्यसै पोखिएन । दिव्योपदेशका पानाभरि दिगो विकास र सुशासनमा जनताप्रेमको सुगन्ध छर्लङ्ग छ । यो अपव्याख्या वा देवत्वकृत गर्नुपर्ने विषय नै होइन । इतिहासको गरिमालाई भाँचेर हामी महान् हुँदैनौँ । इतिहासतिर औँला ठड्याएर पनि हाम्रो भलो हुने होइन । हिजो राजतन्त्र थियो र चल्यो नै तर यसै विषयमा कुलीनतन्त्र सञ्चालन भयो भनेर आज बहस गर्नुको तुकै रहन्न किनभने आगामी समृद्धिको सतार्किक योजना आवश्यक छ । भोलिको रचनात्मक चिन्तनलाई आजले सङ्केत गर्छ । हिजोको त्यस्तो सङ्कटकालीन अवस्थामा, खान लाउन नपाउने स्थितिमा पनि टुव्रिmएका बाइसे चौबिसे राज्यलाई एउटा थुङ्गाको शोभामा राजा पृथ्वीनारायणले पूर्णता दिने महान् कार्य गरे । राष्ट्रकवि माधव घिमिरेले आफ्नो राष्ट्रियताको मर्मस्पर्शी खण्डकाव्यभित्र पृथ्वीनारायणको राष्ट्रिय भावनालाई जगाएका थिए । माटो जहाँको मुटुले छुँदैन,त्यहाँ हरि या ममता हुँदैन ।कोरल्छ चल्ला त्यति मात्र पोथी,न्यानो भुवाले जति सक्छ छोपी । (माधवप्रसाद घिमिरे)पृथ्वीनारायणले भाइको वचनलाई नमान्नु राष्ट्रिय स्वार्थ हो । केवल खिचातानी, सङ्व्रmमण र अन्योलको घनचक्करमा देश सधैँ रुमल्लिइरहँदा नेपाली र नयाँ नेपाललाई भौतिक उन्नतिमा लगेर साँघुर्याएको आभास हुन्छ । आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई विसं १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ ग¥यो । तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात पैmलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय । मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेलबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली सान र स्वाभिमानको इतिहास छ । कीर्तिपुरको युद्धमा काजी कालु पाण्डे जस्ता शूरवीर व्यक्ति मारिए । जयन्त रानाले निर्मम रूपमा छाला काढिएर मर्नु प¥यो । शूरप्रतापले कानो हुनु प¥यो । इतिहासले यही व्रmोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाककान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारको मतमा यी नेपालबाट निष्कासित व्रिmस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो । विश्वको नक्सामा सानो नेपालभित्र जब जब मनसुनी हावामा रम्छ, भूपरिवेष्टित देशले चिनिन्छ, जलाशयको खानी, सौन्दर्यकी रानी, अन्नको भण्डार भनिन्छ; तब तब नेपाली स्वाभिमानका स्वर्णाक्षरित नाम बन्छन् । यहाँ बहुजातिका परम्परा, भेष र पर्वका एकताको शृङ्गारमा स्वर्गले आफ्नो स्वरूपलाई बिर्सन्छ । यहाँ कृत्रिमताविरोधी भाव छ, त्यसैले संसारको दौलत नेपालका लागि नगन्य बन्छ । यसर्थ भन्न सकिन्छ, ‘फुर्सदमा भगवान्ले सोचेर बनाएको संसारमा कुनै ठाउँ छ भने त्यो हो नेपाल ।’ आखिर कसैले त जोड्यो नि यो अमर हृदयस्पर्शी इतिहासलाई ! आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई सलोट गर्दै छ भने यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र ! विकास र एकताको शक्तिलाई चिनौँ !२६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनु पर्छ” भन्ने भावसँग राष्ट्रिय एकताभाव मुखर हुन्छ । आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उहाँका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । घुस लिने र दिने दुवैलाई कठघरामा उभ्याइनु, जातविशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुन्जिन्छ । विकासका बारेमा सोच्ने हो भने त्यसबेला ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’, स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अङ्ग्रेजको कालो नीतिको चर्को विरोधी भाव, राष्ट्रिय स्वाधीनतामा, जडीबुटी बेचेर पैसा साट्ने, खानी सदुपयोग गर्ने सबै आत्मनिर्भरताका दूरदर्शी कृषि विकासको भाव रहेछ । किल्लालाई दह्रो बनाउने भावमा परराष्ट्रको कूटनीति ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिभित्र राज्य र सीमारक्षाबाट सैनिक सबलता पोखिनुमा कलात्मकता छ ।
इतिहास बोधका लागि इतिहासप्रति सचेत हुनु आवश्यक हुन्छ । विश्वास तटस्थतामा होइन, पक्षधरताका आधारमा बन्छन् र भत्कन्छन् । दृष्टिले नायक र खलनायक किटान हुन्छन् । इतिहास र पृथ्वीनारायण शाह पनि यस्तै विषय बने । आजको आवेगमय नजरिया र पक्षधरताले त्यस बखतको साँगापश्चिम र चन्द्रागिरि पूर्वको राजनीतिक भूगोलमा समेटिएको नेपालको कल्पना गर्नै सकिँदैन । इतिहासले समयसँगै ऊर्जा, सपना, इच्छाशक्ति दिन्छ र इतिहासका चिहानहरू खोतलिन्छन् ।
राष्ट्रिय हित तथा महिला, मधेसी, दलित, आदिवासी जनजाति समुदायका मागलाई सम्बोधन गर्न संविधानमा छुटेका विषयवस्तुलाई कानुनका माध्यमबाट समावेश गर्न अहिले बढी घोत्लिनुपरेको छ ।
सार्वजनिक आय र व्ययको दक्ष परिचालन, त्यसको अभिलेख, प्रतिवेदन तथा लेखापरीक्षणमार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने कार्यलाई वित्तीय सुशासन भनिन्छ ।
हाम्रा लागि विकास नै सर्वाधिक चासोको विषय भइरहेको छ । त्यो पनि उन्नत स्तरको होइन, आधारभूत स्तरको तर विकासको स्पष्ट मार्गचित्र तय हुन सकेको छैन । अर्थात् विकासले भरपर्दो लय समात्न सकिरहेको छैन । यथार्थमा विकासबारेको दृष्टिकोण निर्माण गर्न, प्राथमिकता पहिचान गर्न र योजना बनाउन गम्भीर बहस र विमर्श नै हुन सकेको छैन । जे भइरहेको छ कोरा आवश्यकताले घचटेर र लहडमा भइरहेको प्रतीत हुन्छ । त्यही भएर त कहिले भ्यु टावर, कहिले पानीजहाज, कहिले सभा भवनका साथै हचुवा तवरमा सडकहरूको निर्माणलाई नै विकास भन्ने र मान्ने गरिएको छ ।
विश्व परिवेशले पारेको प्रभाव र आन्तरिक दबाब हुँदाहुँदै पनि मुलुकको अर्थतन्त्र लयमै रहेको सरकारको भनाइलाई विश्व बैङ्कले गत बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले पुष्टि गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु वर्ष नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने प्रक्षेपण सो प्रतिवेदनले गर्नुलाई आर्थिक क्षेत्रमा सकारात्मक मानिएको छ । खास गरी केन्द्रीय बैङ्कले खुकुलो मौद्रिक नीति अवलम्बन गर्नु र आयात प्रतिबन्ध खुला गरिएको कारण अर्थतन्त्रमा सुधार आउने प्रतिवेदनमा औँल्याइएको हो । विश्व अर्थतन्त्र भने विगत ३० वर्षयताकै सबैभन्दा सुस्त गतिमा रहेकाले सन् २०२४ मा विश्वको अर्थतन्त्र २.३ प्रतिशतको औसत वृद्धिदरमा सीमित रहने अनुमान प्रतिवेदनमा सार्वजनिक गरिँदा चालु आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सकारात्मक छ । गत आवको तुलनामा यो वृद्धिदर १.९ प्रतिशतले सुधार हो । विश्व बैङ्कको अध्ययन प्रतिवेदनले गरेको अनुमान र नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले औँल्याएको सुधारोन्मुख अर्थतन्त्रको लयले सकारात्मक सन्देश प्रवाह गरेको छ । नेपालले चालु आवमा हासिल गर्ने अनुमान गरिएको आर्थिक वृद्धिदर विश्वको औसत दरभन्दा माथि हुनुलाई आर्थिक विश्लेषकहरूले सकारात्मक मानेका छन् । यद्यपि अन्य दक्षिण एसियाली मुलुकको औसत तुलनामा भने नेपालमा कमै देखिएको छ । अर्कोतर्फ विश्व अर्थतन्त्रको वृद्धिदर नै सुस्त गतिमा रहेकाले सन् २०२४ मा केवल २.३ प्रतिशतको औसत वृद्धिदर रहने अनुमान विश्व बैङ्कले गरेको छ । त्यस्तै विश्वव्यापी आर्थिक मन्दीमा पनि भारतले अर्थतन्त्रमा उल्लेख्य सुधार गरेको कारण दक्षिण एसियाली अर्थतन्त्रको औसत वृद्धिदर भने ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । यो अनुमान अघिल्लो वर्षको ५.७ प्रतिशतभन्दा थोरै मात्र न्यून देखिएको छ । सार्वजनिक लगानी तथा सुधारिएको व्यापारिक वासलातका कारण भारतीय अर्थतन्त्रले ६.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । भारत सबैभन्दा ठुलो अर्थतन्त्र भएको दक्षिण एसियाली मुलुक भएका कारण यस क्षेत्रको समग्र अर्थतन्त्रमा उसको प्रभाव नपर्ने भन्ने हुँदैन । आयातमा गरिएको प्रतिबन्ध र बढ्दो मुद्रास्फीतिका कारण बङ्गलादेशको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा केही घटेर ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । यसै गरी अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानको आर्थिक वृद्धिदर भने १.७ प्रतिशतमै सीमित रहने अनुमान विश्व बैङ्कले छ । श्रीलङ्काको अर्थतन्त्र अझै पनि लयमा फर्किन नसकेको कारण १.७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिए पनि सन् २०२४ मा आर्थिक वृद्धिदर ३.८ प्रतिशतले नकारात्मक रहने अनुमान छ । अन्य दक्षिण एसियाली मुलुकभन्दा माल्दिभ्स र भुटानको आर्थिक वृद्धिदरमा भने उल्लेख्य सुधार हुने प्रक्षेपण छ । विश्व बैङ्कको प्रतिवेदनले अर्थतन्त्रमा उल्लेख्य सुधारको अनुमान गरेको दक्षिण एसियाको अर्थतन्त्र चुनौतीविहीन भने नरहेको प्रतिवेदनले उल्लेख गरेको छ । यस क्षेत्रको अर्थतन्त्र खास गरी मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण जोखिममा रहेको प्रतिवेदनको ठहर छ । सोही जोखिमको आकलनभित्रै हाम्रो अर्थतन्त्र पनि रहेकोले सरकारले गर्नुपर्ने नीतिगत सुधारतर्फ निरन्तर सचेत हुनुपर्ने छ । केही समयअघि केन्द्रीय बैङ्कद्वारा जारी गरिएको मौद्रिक नीतिमा मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पु¥याउने अपेक्षा गरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले यसअघिका केही नीतिगत व्यवस्थालाई परिवर्तन गरी खुकुलो बनायो । अर्थतन्त्रको आन्तरिक पक्षलाई ध्यानमा राखेर चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई लचिलो बनाई कार्यान्वयनमा ल्याइएका कारण यसका सकारात्मक परिणाम आगामी दिनमा अझ बढी देखिने अपेक्षा छ । आवासीय घरकर्जाको सीमा वृद्धि गर्नुका साथै सेयर धितो कर्जा, घरजग्गा कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिमभारसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान बनाइएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा आव २०८०÷८१ को सोही अवधिमा कुल वैदेशिक व्यापार बढेको देखिए पनि निर्यात घट्नु र आयात बढेको तथ्याङ्क सार्वजनिक हुनुलाई सकारात्मक मान्न नसकिने विश्लेषकहरूको भनाइलाई मनन गर्नुपर्ने हुन्छ । अर्थतन्त्रमा दबाब कायमै रहेको अवस्थामा पनि सुधारका सङ्केत देखिनु राम्रो हो । यसर्थ, मुलुकको अर्थतन्त्र सुधार यात्रामा ठेस नलाग्ने आकलन भए पनि सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई अझ चलायमान बनाउनु जरुरी छ ।
एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो ।
नेपाली भाषा, साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा लाग्न विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना दिवसका अवसरमा
दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उहाँलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ ।
इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।
नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ मा छनोट भएको छ । स्विडेनमा हुने महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ ।