• २५ मङ्सिर २०८२, बिहिबार

मोदी–पुटिन कसिलो मित्रता

blog

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिचको मित्रता घनिष्ट र सघन बन्दै गएको छ । दुवै नेता एकअर्काको खुलेर प्रशंसा गर्नुहुन्छ । मोदीले भारतलाई राजनीतिक स्थायित्व दिनुभएको छ । युक्रेनसँगको युद्धबिच पनि पुटिन लोकप्रिय हुनुहुन्छ । दुवै नेताको मित्रताबाट भारत र रुस दुवै लाभान्वित भएका छन् । उहाँहरूको स्वभाव पनि मिल्दोजुल्दो छ । क्षेत्रफलको हिसाबले रुस विश्वको सबैभन्दा ठुलो देश हो । जनसङ्ख्यामा भारत एक नम्बरमा छ । भारतलाई विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बनाउन मोदीको ठुलो हात छ । सोभियत सङ्घ विघटनसँगै टाट पल्टिन लागेको रुसलाई पुनर्जीवन दिएर जी ८ मा पु-याउने पुटिन निर्विकल्प नेता बन्नुभएको छ । रुस र भारतबिचको दुई पक्षीय व्यापार सन् २०२४–२५ मा कीर्तिमानी रूपमा ६८.७ अर्ब डलर पुगेको छ  । युद्धबिच पुटिनले यही डिसेम्बर ४ र ५ मा भारतको भ्रमण गर्नुभयो । युक्रेनसँग युद्ध सुरुपछि पहिलो पटक पुटिन भारत भ्रमण आउनुभयो । यो भ्रमणलाई अमेरिकालगायत विश्व समुदायले निकै चासो दिए । पुटिनको भारत भ्रमणका व्रmममा दुई देशबिच सात वटा सम्झौता भएका छन्, जसमा स्वास्थ्य, शिक्षा, श्रमिक जनशक्ति, पानीजहाज, बन्दरगाह र प्रवासन छन् । सातौँ विषय सैन्य तथा रक्षा क्षेत्रका सम्झौता भने गोप्य राखिएको छ । यसअघि रक्षासँग सम्बन्धित अमेरिकासँगका सम्झौता पनि गोप्य नै रहेको छ । भारत–रुसले चीन र अमेरिकाको चासोलाई हेरेर रक्षासँग सम्बन्धित सम्झौता गोप्य राखेका हुन् । मोदीले राष्ट्रपति पुटिन एक दूरदर्शी नेता भएको दाबी गर्दै भन्नुभयो, “म मान्दछु कि २००१ मा तपाईं (पुटिन) ले जे भूमिका निर्वाह गर्नुभएको थियो, त्यसले देखाउँछ–कि एक दूरदर्शी नेता कसरी सोच्छ,” मोदीले भन्नुभयो, “कहाँबाट सुरु गर्छ र सम्बन्ध कहाँसम्म लग्न सक्छ । भारत–रुसको सम्बन्ध यसको सबैभन्दा राम्रो उदाहरण हो ।” 

रुस–युव्रmेन युद्धबारे मोदीले आफ्नो र पुटिनको लगातार कुराकानी भइरहेको खुलासा गर्नुभयो । तपाईंले समय–समयमा एक सच्चा मित्रको किसिमले हामीलाई सबै कुरा अवगत गराइराख्नुभएको छ । यो विश्वास हाम्रो मित्रताको सबैभन्दा ठुलो तागत हो,” मोदीले भन्नुभयो । अब रुस र भारत मिलेर शान्तिको बाटो पहिल्याउनुपर्ने पनि मोदीले बताउनुभयो । “मैले सधैँ भनेको छु–भारत तटस्थ छैन । भारतको पक्ष सधैँ शान्तिको हो । हामी शान्तिका हरेक प्रयासको समर्थन गर्छौं । शान्तिका लागि काँधमा काँध मिलाएर खडा हुन्छौँ,” मोदीले अगाडि भन्नुभयो । पुटिनले आफ्नो र मोदीको दिल निकै नजिक रहेको दाबी गर्नुभयो । सँगै उहाँले अमेरिकाले अवरोध गर्न खोजे पनि रुस भारतलाई तेल निर्यात निर्बाध रूपमा गर्न तयार रहेको पनि बताउनुभयो । 

पुटिनको भारत भ्रमणले भारत–रुस सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश दिएको छ । दुवै देशले व्यापार सन्तुलन, विविधीकरण र लगानी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकासँगको दुरी केही बढ्दै जाँदा भारतले रुससँगको सम्बन्धलाई रणनीतिक स्वतन्त्रताको सङ्केतका रूपमा प्रस्तुत गरेको छ । चार वर्षपछि भारत आउनुभएका पुटिन आगामी दिनमा दुई देशीय सम्बन्ध थप प्रगाढ बनाउने सन्देशसहित स्वदेश फर्कनुभएको छ । सन् २०३० सम्म दुई देशीय व्यापारलाई एक सय अर्ब डलर पु¥याउने सहमति भएको छ । यसका लागि हतियार र इन्धनसँगै व्यापारलाई विविधीकरण गर्ने र रुस आपूर्तिकर्ता तथा भारत खरिदकर्ता रहने अवस्था उल्ट्याएर व्यापार सन्तुलन कायम गर्ने योजना पनि अघि सारिएको छ । मोदीले ‘प्रोटोकल’ नै तोडेर बिहीबार विमानस्थलमै पुटिनलाई अँगालो हालेर विश्वलाई नयाँ सन्देश दिनुभयो । रुस–युव्रmेन युद्ध सुरु भएयता नै अमेरिकाले रुसी इन्धनको खपत कम गर्न भारतलाई दबाब दिइरहेको छ । भारतले सहुलियतमा रुसी इन्धन पाइरहेको छ र उल्टै तेल खरिदलाई बढाएको छ । आज झन्डै भारतमा ४० प्रतिशत तेल रुसबाट आउँछ । भारत–अमेरिकाबिचको दुरीलाई पछिल्लो समय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र चेतावनीपूर्ण भाषाले थप बिगारेको छ । उता युव्रmेनसँग शान्तिवार्ताका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा रुसले दह्रो सर्त राखेको छ । शान्ति वार्तामा रुसको सर्त छ, “युव्रmेनले युद्धमा हारेका भूभागमा आफ्ना दाबी छाड्नु पर्छ ।” रुसले युद्धमा आफ्नो हात माथि परिसकेको छ । अर्कोतर्फ नयाँ दिल्लीले रुसलाई न्यानो स्वागत गरेर युव्रmेनविरुद्धको युद्धमा आफू तटस्थ नरहेको स्पष्ट सन्देश विश्वलाई दिएको छ, जो उसले विगतमा पनि देखाएकै थियो ।

पुटिनले भारतीय अर्थतन्त्रलाई चलायमान राख्न अविच्छिन्न रूपमा इन्धन आपूर्ति भइरहने वाचा गर्नुभएको छ  । पेट्रोलकै कारण पछिल्लो समय दुई देशबिचको व्यापार बढेर ६८ अर्ब डलरको हाराहारीमा पुगेको यथार्थ सबैले देखेकै छन् । यसो भए पनि पारम्परिक रक्षा सम्बन्ध र पछिल्लो समय अकासिएको तेलको व्यापारले मात्रै भविष्यको दुई देशीय सम्बन्धको आधार निर्माण हुन नसक्ने तथ्यलाई दुवैले मनन गरेका छन् । ऊर्जा, रक्षा, नागरिक उड्डयन, महìवपूर्ण खनिज र लगानी परियोजनाका विषयमा दुई देशबिच छलफल भएको छ । भारतले औषधी, मेसिनरी र कृषि उत्पादनहरूका लागि रुसी बजारमा बढी पहुँच खोजिरहेको छ । मोदी र पुटिन दुवैले एकअर्का देशमा लगानी जारी राख्ने सन्देश दिनुभएको छ  ।

डिसेम्बर ५ मा २३ औँ रुस–भारत वार्षिक बैठकमा मोदीले भन्नुभयो, “आर्थिक सहयोगलाई नयाँ उचाइमा लैजानु हाम्रो साझा प्राथमिकता हो । यसलाई साकार बनाउन हामीले सन् २०३० सम्मको एक आर्थिक साझेदारी कार्यव्रmममा सहमति गरेका छौँ । यसले हाम्रो व्यापार र लगानीलाई विविधीकरण, सन्तुलित र दिगो बनाउने छ ।” उहाँले दुई देशबिच ‘कनेक्टिभिटी’ बढाउनु साझा प्राथमिकता रहेको बताउनुभयो । नवीकरणीय ऊर्जा, उच्चस्तरीय प्रविधि, उद्योगलगायत क्षेत्रमा सहकार्य हुने जानकारी दिनुभयो । पुटिनले मोदीसँग निरन्तर आपसी कुराकानी हुने गरेको बताउनुभयो । “हामी टेलिफोनमा धेरै महìवपूर्ण मुद्दामा कुराकानी गरिरहेकै हुन्छौँ । रुस– भारतको सम्बन्ध निकै मजबुत छ । हाम्रो आपसी सम्बन्ध बहुआयामिक छ,” उहाँले भन्नुभयो, “हाम्रो व्यापार रुबल र रुपियाँमा चलिरहेको छ । ‘मेक इन इन्डिया’ कार्यव्रmमलाई हामी सहयोग गर्ने छौँ ।” पुटिनले सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र बनाउन रुस र भारतबिचको सहकार्यमा ‘फ्ल्यागसिप प्रोजेक्ट’ सञ्चालन हुने पनि बताउनुभयो । 

भारत स्वतन्त्र भएयता नै रुससँग उसको सम्बन्ध सौहार्दपूर्ण छ । बेलायती उपनिवेशविरुद्ध लडेर सन् १९४७ मा स्वतन्त्रता हासिल गरेकाले पश्चिमा विश्व र विशेष गरी बेलायतसँग सन् १९५० को दशकमा भारतको सम्बन्ध राम्रो रहन सकेन । उसले अर्को विश्वशक्ति सोभियत सङ्घसँग सहकार्यको हात बढायो । भारतको पूर्वाधार तथा औद्योगिक विकासमा सुरुवाती समय सोभियत सङ्घले पनि खुलेर साथ दियो । स्टिल, उत्खनन, ऊर्जा र उत्पादन क्षेत्रमा ठुला सार्वजनिक उद्यमहरू स्थापना भए । भारतको पञ्चवर्षीय योजना–आधारित आर्थिक मोडल पनि सोभियत सङ्घबाटै प्रेरित थियो ।

सन् १९६२ मा चीनसँगको युद्ध हारेपछि भारतले सेनाको आधुनिकीकरणमा जोड दियो । त्यति बेला अमेरिका र पश्चिमी देशहरूले आधुनिक लडाकु विमान तथा रक्षा उपकरण दिन आनाकानी गरे । सोभियत सङ्घले भारतलाई सुपरसोनिक लडाकु विमान ‘मिग–२१’ दियो जसले धेरै दशकसम्म भारतीय वायुसेनाको आव्रmामक क्षमतामा प्रमुख भूमिका निर्वाह ग¥यो । पाकिस्तानसँगको भूराजनीतिक तनावले पनि सोभियत सङ्घ र भारतलाई थप 

नजिक बनायो ।

सन् १९७१ अगस्ट ९ मा भारत र सोभियत सङ्घले इन्डो–सोभियत सम्झौता (शान्ति, विकास र सहकार्य) हस्ताक्षर गरेका थिए । यस अवधिमा पूर्वी पाकिस्तान (हालको बङ्गलादेशमा) स्वतन्त्रता सङ्ग्राम चलिरहेको थियो । भारतले यस सङ्ग्राममा स्वतन्त्रता पक्षधर मुक्ति बाहिनीलाई सहयोग गरेपछि पाकिस्तानले भारतमाथि हमला ग¥यो । डिसेम्बरमा भारत–पाकिस्तानबिच औपचारिक युद्ध सुरु हुँदा अमेरिका–बेलायतलगायत पश्चिमा देशले पाकिस्तानलाई साथ दिए । सोभियत सङ्घले भारतलाई राजनीतिक रूपमा सैन्य सहयोगसमेत उपलब्ध गरायो । युद्धका दौरान भारतीय महासागर र बङ्गालको खाडीमा शक्ति प्रदर्शनको होडबाजी चल्दा सोभियत सङ्घले युद्ध विमान, व्रmुजर र आणविक हतियारयुक्त सबमरिनसमेत उतारेको थियो । डिसेम्बर १६ मा पाकिस्तानले आत्मसमर्पण गरेपछि बङ्गलादेश स्वतन्त्र भयो । शीतयुद्ध अवधिभर भारतले सोभियत सङ्घलाई पूर्णतः साथ दियो । यस अवधिमा सोभियत सङ्घले भारतको औद्योगिक विकासमा पनि ठुलो भूमिका खेलेको थियो । त्यस्तै विश्व मञ्चमा कश्मीरको मुद्दामा भारतको समर्थन ग¥यो ।

सन् १९९० को दशकको सुरुवातमा सोभियत सङ्घ विघटन र विश्वका ठुला अर्थतन्त्रका रूपमा भारतको उदयले यी दुई देशबिचको सम्बन्धलाई पुनर्परिभाषित गर्दै लगेको छ । दुई देशबिचको व्यापारिक र सुरक्षा सम्बन्ध अहिले पनि उस्तै छ । भारत अहिले पनि रुसको सबैभन्दा ठुलो सुरक्षा सामग्री खरिदकर्ता हो । रुसले भारतलाई लिजमा परमाणु पनडुब्बीहरू दिएको छ । दुवै देशले संयुक्त रूपमा ‘ब्राह्मोस’ क्षेप्यास्त्र उत्पादन गरे । रक्षा क्षेत्रमा संयुक्त उत्पादनको यो पहिलो उदाहरण थियो । भारतले १९९० कै दशकमा रुसबाट अत्याधुनिक ‘सुखोई–३० एमकेआई’ लडाकु विमान किन्यो । सन् २०१४ मा मोदी नेतृत्वमा भाजपाको सरकार बनेपछि रक्षा नीतिमा परिवर्तन आयो । रक्षा आपूर्तिमा विविधता ल्याउने निर्णय अनुसार भारतले रुससँगै अमेरिका, फ्रान्स र इजरायलबाट पनि हतियार खरिद गर्न थाल्यो । सोभियतकालमा भारतले आफ्नो ८० प्रतिशत सैन्य सामग्री रुसबाट ल्याउनुपथ्र्यो, जो अब घटेर झन्डै ४० प्रतिशतमा झरेको छ ।

सन् २०२२ मा रुस–युव्रmेन युद्ध सुरु भएपछि रुसले भारतलाई भारी छुटमा तेल बेच्ने प्रस्ताव ग¥यो । भारतले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राख्दै ठुलो मात्रामा रुसी तेल किन्यो, पश्चिमा मुलुकहरूले यसको विरोध गर्दै भारतमाथि कर लगाउने धम्की दिए । गत वर्ष अमेरिकामा ट्रम्प राष्ट्रपति चुनिएपछि भारतमाथि लगाइएको कर बढाएर ५० प्रतिशत पु¥याइएको छ  । यी सबै परिस्थितिका बाबजुद पनि रुस–भारत सम्बन्ध उस्तै सौहार्दपूर्ण छ । भारतले रुसबाट तेल लिइरहेकै छ ।

कश्मीरलगायतका मामिलामा वैश्विक फोरमहरूमा रुसले भारतकै पक्षधरता लिने गरेको छ । विश्वको पाँचौँ ठुलो अर्थतन्त्रका रूपमा भारतको उदयसँगै रुसले भारतसँग आर्थिक क्षेत्रमा पनि सहकार्य बढाइरहेको छ ।

अर्कोतर्फ चीन र भारत दुवै देशले आपसमा व्यापार र सम्पर्क बढाएर आर्थिक फड्को मार्न र प्रगतिमा लाग्न भूमिका खेलिरहेका छन् । अहिले जुनस्तरमा उनीहरूबिच व्यापार र सम्पर्क भइरहेको छ, त्यसले पनि आगामी दिनमा फरक पार्ने छ । यति बेला विश्व फेरि बहुधु्रवीय हुने व्रmममा छ । पश्चिमा रजगज र प्रभावले मात्र अब विश्व चल्दैन । रुस र युव्रmेनबिच चार वर्षदेखि युद्ध भइरहेको छ । यस युद्धका व्रmममा रुसको अर्थतन्त्र धराशायी हुन्छ भन्ने ठानिए पनि त्यस्तो भएन । रुससँग तेल खरिद नगर्न अमेरिकाले लगाएको प्रतिबन्धको असर पनि खासै धेरै परेन । रुसी तेलका सबैभन्दा ठुला खरिदकर्ता पनि चीन र भारत हुन् । अहिलेको बदलिँदो परिवेशमा उदाउँदो चीनको आफ्नै धुरी निर्माण भइरहेको छ । यसको सम्बन्ध रुसलगायतका मुलुकसँग छ । चीनले आव्रmामक ढङ्गले सम्बन्धलाई विस्तार गरिरहेको छ । त्यति मात्र होइन, पश्चिमाहरूले अन्य मुलुकलाई विकास निर्माणमा सहयोग गरेनन्, हामी तिमीलाई अगाडि बढाउँछौँ भन्ने हिसाबले चीन अगाडि बढेको छ । आफ्नो नजिक छिमेकमा मात्र होइन, अफ्रिकी मुलुकसम्म उसको प्रभाव विस्तार भइरहेको छ ।

पश्चिमा संसारलाई एक्लै टक्कर दिइरहेको रुसको चीनसँग राम्रो सम्बन्ध छ । रुस र चीन जस्ता मुलुकको साथ नपाएको भए उत्तर कोरियाले आफूलाई टिकाइराख्न सक्ने थिएन । त्यति मात्र होइन, त्यो देशले जसरी हातहतियारको विकास र परीक्षण गरिरहेको छ, त्यसमा ऊ एक्लैको क्षमता पुग्छ भन्ने होइन । त्यसमा भूराजनीतिक लाभहरूले उसलाई त्यो ठाउँमा पु¥याएको छ ।