• २४ मङ्सिर २०८२, बुधबार

राष्ट्रपति रनिङ शिल्ड उपाधि भानुभक्तको पोल्टामा

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर २४गते । गल्याङ नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानुभक्त आचार्य माध्यमिक विद्यालयले हासिल गरेको छ ।

तीन दिनसम्म तल्लोगल्याङ खेल मैदानमा चलेको प्रतियोगिता माभानुभक्त आचार्य माविले छ स्वर्ण, पाँच रजत र तीन कास्यसहित १४ पदक जित्दै उपाधि हातपारेको हो ।

प्रतियोगितामा समान १४ पदक नै जितेको सार्वजनिक मावि दोस्रो भएको छ । सार्वजनिक माविले छ स्वर्ण, तीन रजत र पाँच काँस्य पदक हासिल गरेको थियो । पाँच स्वर्ण, चार रजत र चार काँस्यसहित १३ पदक जितेको नेपाल राष्ट्र मावि तेस्रो बनेको हो । 

२२ विद्यालय सहभागी प्रतियोगितामा सात विद्यालय पदकविहीन बनेका हुन् । यहाँ छात्र–छात्रा भलिबल, एथलेटिक्स, हाईजम्प, लङ्जम्प, सटपुट, मार्सल आर्ट करातेसहित ३२ विधामा प्रतिस्पर्धा भएको थियो ।

शिक्षा क्षेत्र नगरपालिकाको पहिलो प्राथमिकता भएको भन्दै गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले यस्ता गतिविधिले विद्यार्थीको क्षमता पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।