शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुर्खेत, मङ्सिर २३ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–१ बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ ।
क्षेत्रीय समितिको मङ्गलबारको बैठकले खड्काको नाम एकल सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति झकबहादुर डाँगीले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका कार्यवाहक सभापति एवम् पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको नाम एकल सिफारिस गरिएको जानकारी दिनुभयो ।
यसैगरी, बैठकले समानुपातिकतर्फ नरबहादुर सोनी र भिमा मल्ललाई सिफारिस गर्ने निर्णय गरेको छ ।