शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २३ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी योद्धाका अधुरा सपना पुरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताउनु भएको छ।
मङ्गलबार साँझ बानेश्वरमा हालैको आन्दोलनमा शहीद हुनुभएका जेनजी योद्धाको सम्झनामा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा बोल्नु हुँदै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो।
जेनजी आन्दोलनकै जगमा खडा भएको सरकारले शहीद तथा घाइते परिवारलाई राज्यले सकेको सबै तरहको सुविधा र सहजता प्रदान गर्ने मन्त्री अर्यालले बताउनुभयो। गृहमन्त्री अर्यालले दीप प्रज्वलन कार्यक्रममा शहीद परिवारका सदस्यसँगै बसेर केहीबेर उहाँहरूसँग कुराकानी गर्दै उनीहरूको गुनासा र चासोलाई सुन्नु भएको थियो।