• २३ मङ्सिर २०८२, मङ्गलबार

मुख्यमन्त्री यादव र सभापति देउवाबिच भेटवार्ता

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नुहुँदै मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव। तस्बिरः प्रवीणकुमार शर्मा

प्रवीण कुमार शर्मा 

रौतहट, मंसिर २३ गते । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगन्जमा मंगलबार भएको भेटवार्तामा मधेश प्रदेशको वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

समसामयिक राजनीतिक विषय र मधेश प्रदेश सरकारमा विद्यमान बेथिति अन्त्य गर्दै सुशासन कायम गर्ने र प्रदेशबासीको सिर्जनात्मक सोच बमोजिम कार्य सम्पादन गर्ने बारे सभापति देउवासँग छलफल भएको मुख्यमन्त्री यादवले बताउनुभयो । 

भेटवार्तामा सभापति देउवाका धर्मपत्नी डा. आरजु राणा, मधेश प्रदेश सरकारका बिना विभागीय मन्त्री जंगीलाल राय र नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवको  सहभागिता रहेको थियो । 

मुख्यमन्त्री यादवले मंगलबार नै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र रमेश लेखकलाई समेत भेटघाट  गर्नुभएको छ ।