• २२ मङ्सिर २०८२, सोमबार

गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु

blog

नयाँदिल्ली, मङ्सिर २२ गते । भारतको गोवास्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइट क्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपालका राजदूत शङ्कर शर्माले विज्ञप्ति जारी गर्नु भएको छ । उहाँले विज्ञप्ति मार्फत शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गर्नु भएको छ । 

मृतक मध्ये अधिकाशं भारतीय नागरिक रहेको र मुख्यतया नाइट क्लबका कर्मचारी, साथै नयाँ दिल्लीबाट छुट्टी मनाउन आएकाहरू रहेको जनाइएको छ । गाेवाको उत्तरमा रहेको अर्पोराको एउटा क्लबमा आगलागी भएको जनाउँदै अधिकारीहरूले “विद्युतीय पटाखाले आगलागी गराएको हुन सक्ने बताएका छन् ।

क्लबको काठका भागबाट सुरु भएको आगलागी फैलिएपछि अधिकांशको मृत्यु भएको जनाइएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको तथा अन्य नाइट क्लबमा अनुसन्धानको आदेश दिएको बताउनु भएको छ । रासस/एएफपी