• २२ मङ्सिर २०८२, सोमबार

लागु औषधसहित एक युवक पक्राउ

blog

बागलुङमा लागु औषधसहित पक्राउ परेका पुन मगर ।

अर्जुन कार्की

काठेखोला (बागलुङ), मङ्सिर २२ गते । बागलुङमा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । बागलुङ नगरपालिका–१, मालढुङ्गास्थित पोखरा–बागलुङ सडक खण्डमा नियमित सुरक्षा चेकजाँचको क्रममा लागु औषधसहित पोखरा महानगरपालिका–३३ का २२ को सुनिल पुन मगरलाई गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिनुभयो । 

गत शुक्रबार शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा पुनको शरीरको तलासी लिँदा उनले भिरेको झोलामा नाइट्राजेपाम नामक लागु औषधको १३ थान पत्ताको प्रत्येक पत्तामा १० चक्की रहेको छ । २ वटा चक्की प्रयोग भइसकेको गरी १ सय २८ चक्की फेला गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

पक्राउ परेका थापाको साथबाट लागु औषधसहित मोबाइल फोन र नगद दुई सय रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बागलुङबाट आइतबार ७ दिनको म्याद लिइ थप अनुसन्धान अघि बढाइएको प्रनि थापाले बताउनुभयो ।