शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २१ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
प्लेअफको दौडबाट बाहिरिसकेका दुवै टोलीबिच आजको खेल प्रतिष्ठाका लागि हुनेछ । यसअघि दुवै टोलीले समान ६ खेलबाट एक/एक जित निकालेका छन् ।
एनपिएलमा सहभागी आठ टोलीमध्ये पोखरा एभेन्जर्स र चितवन राइनोज पनि लिग चरणबाट बाहिरिसकेका छन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।