• २१ मङ्सिर २०८२, आइतबार

धनकुटाको राजारानीमा बजार अनुगमन

blog

धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानी बजारमा संयुक्त अनुगमन गर्दै ।

सन्तोष सुवेदी

पाख्रीबास,(धनकुटा), मङ्सिर २१ गते । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ । आइतबार राजारानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो ।

अनुगमनका क्रममा किराना पसलमा उपभोग्य मिति नाघेका पेय पदार्थ लगायत खाद्यवस्तु फेला परेको थियो । उक्त पसलहरुमा भेटिएका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट समेत गरिएको थियो। यस्तै अधिकांश किराना पसलहरूलाई सुधार गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी बिकास कार्कीले बताउनुभयो । 

यस्तै अनुगमनका क्रममा किराना पसलहरू दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ । सामान राख्दा हेरेर मात्रै राख्न तथा उपभोक्तलाई बेच्न आग्रह गरिएको थियो ।

म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरूलाई आगामी दिनमा पुनः यस्तो गल्ति नदोहोर्‍याउन अनुगमन टोलीले चेतावनी समेत दिएको छ । बजार अनुगमन जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले गरेको हो । यस्तै दैनिक उपभ्योग्य वस्तु खरिद बिक्री गर्दा उपभोक्ता नठगिउन भनेर अनुगमनलाई तिब्रता दिइएको बताइएको छ ।