• २२ मङ्सिर २०८२, सोमबार

लोकदोहोरी प्रतिष्ठान गण्डकी अध्यक्षमा गुरुङ

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, मङ्सिर २१ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाटले माया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । प्रतिष्ठान गण्डकीले पहिलो पटक महिला नेतृत्व पाएको हो ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल, प्रथम उपाध्यक्ष आरसी पौडेल, द्वितीय उपाध्यक्ष होम गुरुङ, महिला उपाध्यक्ष मञ्जु विक, सचिव कृष्ण सुवेदी, कोषाध्यक्ष सविना गुरुङ, सहसचिव टेक क्षत्री र सहकोषाध्यक्ष सपना परियार निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत नारायण शर्माले सदस्यमा प्रिती गुरुङ, सरला अधिकारी, कमला गैरे, किसान नेपाली, भानुभक्त पौडेल, दीपक गदाल, नेत्र खड्का, सुनिमा गुरुङ, सूर्य गुरुङ, रामप्रसाद ढकाल, पूजा परियार शेर्पा, पूजा गुरुङ, (सविता) पूर्जा कार्की शर्मा, राजबहादुर गुरुङ, विक्रम गुरुङ, मदन अर्याल, दिनेश थापा र विष्णुकुमार वाग्ले गरेको बताउनुभयो । 

सभारोहमा  कलाकार शिवु गिरीलाई नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार र पत्रकार राजाराम पौडेललाई तीर्थ सागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । प्रतिष्ठान गण्डकीका जिल्लामाध्ये पर्वत उत्कृष्ट जिल्लाको रुपमा सम्मानित भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले लोकदोहोरी प्रतिष्ठान देशभरकै उत्कृष्ट, ठूलो र गरिमामय संस्था बनेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष गुरुङले सबैको सहयोग र विश्वासको कारण गण्डकीमा पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, निर्वाचन संयोजक रामजी खाँण, प्रतिष्ठानका भूगोलतर्फका सचिव घनश्याम रिजाल, प्रतिष्ठानका सचिव शंकरविरही गुरुङ, केन्द्रीय प्रशासनिक सचिव जीवन दाहाल, प्रतिष्ठान गण्डकी अध्यक्ष राजन कार्की, वरिष्ठ उपाध्यक्ष माया गुरुङ, सचिव रामजी पौडेल, पूर्वउपमहासचिव चोलेन्द्र पौडेल, सल्लाहकार तथा संरक्षक यामबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्की कोषाध्यक्ष राजाराम पौडेल, प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरे लगायतले धारणा राख्नुभएको थियो ।