गत साता संयुक्त राष्ट्र सङ्घको आपत्कालीन महासभाले गाजा क्षेत्रमा जारी द्विपक्षीय युद्ध विरामका लागि अपिलसहितको प्रस्ताव पारित गर्यो ।
मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उहाँले स्मरण गर्नुभयो, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गर्नुभयो । उहाँले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ ।
यस हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो । विभागको जलवायु विश्लेषण शाखाले जनाए अनुसार मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६०.१ मिलिमिटरलाई औसत वर्षा मानिएको छ । यो वर्ष त्यो मापदण्डभन्दा बढी वर्षा हुने शाखाका जलवायु विश्लेषक सुदर्शन हुमागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “कोशीको तराई र मधेश प्रदेशका क्षेत्रमा वर्षा कम हुने र बागमतीदेखि पश्चिमी भेगका अधिकांश भू–भागमा औसतभन्दा बढी वर्षा हुने विश्लेषणमा देखिएको हो ।”
नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको १७ वर्ष बित्यो । यो बिचमा गणतान्त्रिक मुलुकसहितको सङ्घीय संविधान प्राप्त भयो । जसले समग्र नागरिकको मानव अधिकारको अधिकतम हित संरक्षण गर्ने सुनिश्चितता गर्यो । यहाँको मानव अधिकारको अवस्थाको चासो अमेरिकादेखि युरोपसम्म घटेको छैन ।
नेपालमा यो वर्षको हिउँदे वर्षासँगै हिउँद याम सुरु भएको छ । आइतबार रातिदेखि पश्चिमी वायु सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजिन श्रेष्ठले उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । सो हिमपातसँगै देशव्यापी रूपमा चिसो बढेको बताउनुभयो ।
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ ।
नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)ले संयुक्त रुपमा नयाँ कार्यक्रमको सुरुवात नेपालमा गरेको छ ।
अन्तर्राष्ट्रिय जलरङ महोत्सव नेपालमा सुरु भएको छ । नेपालमा सुरु भएको यो महोत्सवको तेस्रो संस्करण हो । महोत्सवको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले काठमाडौँस्थित राष्ट्रिय कला परिषदमा शनिबार उद्घाटन गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई नेपालका लागि यस पटक महत्त्वपूर्ण अवसरका रूपमा रहेको स्पष्ट पार्नुभएको छ । दुबईमा सुरु भएको कोप–२८ सम्मेलन अन्तर्गतको उच्चस्तरीय ग्लोबल स्टकटेटिभ इभेन्ट अन एडप्सन विषयक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त नेपाल विश्व समुदायको प्राथमिकतामा रहेको औँल्याउनुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्टिकामा परेको भन्ने अभिव्यक्ति कोप उद्घाटन समारोहमा दिएबाटै नेपाल विश्वकै नजरमा परेको स्पष्ट पार्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन विश्व सम्मेलन भव्य समारोहबिच बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको छ । युएईमा यतिखेर विश्व नै एकबद्ध भएको झल्को उद्घाटन समारोहले दिएको छ । जसले वैश्विक रूपमा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
पाँच दिनपछि संयुक्त अरब इमिरेट्समा सुरु हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन, कोप २८ को सबैभन्दा पेचिलो विषय जलवायु् क्षति र नोक्सानी वित्त कोषको कार्यान्वयन रहने भएको छ । कोप २८ सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै छ । प्रधानमन्त्री प्रचण्डले अवस्थितिपत्रका आधारमा नेपालको स्पष्ट अवधारणा मुख्य बैठक र सत्रमा राख्ने कार्यसूची छ ।
समृद्धिको उचाइतर्फ लम्किरहेको युरोप यति शान्त र स्थिर थिएन । युद्धले थङथिलो भएको रक्तरञ्जित इतिहासको आधारशिलामा उभिएको छ युरोप । त्यो अनुभूति युरोपको भूमिमा उभिएर महसुस गर्ने अवसर यो पङ्क्तिकारलाई गत महिना प्राप्त भयो । करिब नौ दिनको यात्राले विश्वशक्ति पथको प्रत्यक्ष दर्शन गरायो । हाउस अफ युरोपियन हिस्ट्रीको भव्य ऐतिहासिक सङ्ग्रहालय होस् वा इतिहाससँगै युरोपको नवप्रवर्तन बोलिरहेको पार्लियामेन्ट्रियम दुवैले युरोपको रक्तरञ्जित इतिहासलाई कतै नलुकाई अभिव्यक्त गरेको छ ।
गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको जमिनमुनि महाभूकम्प जान सक्ने भूकम्पीय शक्ति सञ्चित छ । त्यसको खबरदारी पश्चिम नेपालका विभिन्न जिल्लामा आएका मझौला भूकम्पले गरिरहेका छन् । भर्खरै गएको जाजरकोट भूकम्प एउटा उदाहरण मात्र हो । भूकम्प रोक्न सकिँदैन तर त्यसबाट हुने सम्भावित क्षति कम गर्न पूर्वतयारी गर्न सकिन्छ । त्यसका लागि २०७२ को गोरखा भूकम्पले हामीलाई धेरै सिकाएको पनि छ तर पनि सचेतना र पूर्वतयारी पटक्कै भएको छैन । बरु भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणको चक्र नै भूकम्पको प्रतिकार्य हो भन्ने भाष्य निर्माण भएको छ ।
गाउँभरि ढकमक्क सयपत्री मगमगाउँदो छ । मखमली फूलले दाजुभाइको प्रतीक्षा गरिरहेका छन् । तर तिहारको रौनक भूकम्प प्रभावितलाई पटक्कै छैन ।
रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्नु हुन्छ । त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठुलो पानीको आहाल छ । मौसमी चिसो बढ्दै छ । भूकम्पबाट त भागेर जोगियौँ तर चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले उहाँलाई सताइरहेको छ ।