सरकारले मधेश प्रदेशमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यस अन्तर्गत जिल्ला र स्थानीय सरकारले के के काम गर्न पाउने भनेर नतोकिँदा समस्या भएको छ ।
गत असार २७ गते चितवनको कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका पदमबहादुर रानाको बाघको आक्रमणबाट मृत्यु भयो । अघिल्लो वर्ष घना बस्तीस्थित नारायणी नदी किनारमा घुमफिर गर्न गएका एक जनालाई बाघले आक्रमण गरेर घाइते तुल्याएको थियो ।
कोशी नहरमा पानी कम भएपछि सप्तरीका धेरै गाउँहरूमा खडेरीले धानखेत पट्पटी फुट्न थाल्यो । खानेपानी आउने चापाकल सुकेपछि खेत जस्तै गाउँबस्तीका बासिन्दाका ओठतालु प्यासले सुक्न थाले । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्नुभयो, “बाँच्ने आधार नै पानी हो, जिउधन बचाउन नेपाली सेनाको बरखगण भलुवाई ब्यारेकबाट ट्याङ्करमा पानी ओसारेर दिन थालेका छौँ ।” तत्कालीन गर्जो टरे पनि धानको रोपो जोगाउन के गर्ने भन्ने चुनौतीसँग जुध्न हम्मे हम्मे छ ।
ऋतु अनुसार साउन मनसुनको उत्कर्ष महिना हो तर आकाशमा बादल र चर्को घामको लुकामारीमै साउन बित्न लागेको छ । लुकामारीकैबिच खडेरीले गाँजेको मधेशमा ५० प्रतिशत हाराहारीमा पनि धान रोपिएको छैन । रोपिएको ठाउँमा पनि धाँजा फाटेर रोपो मर्ने अवस्थामा पुगेको छ । असार र साउन दुवै महिनामा वर्षा महसुस हुने गरी झरी पर्न सकेन ।
नेपालमा साना हिमतालको बढोत्तरीले जनधनको क्षति हुने जोखिम उच्च बनाएको छ । साना हिमताल बन्ने र विकास हुने विषयमा एकीकृत अध्ययन नहुँदा थाहै नपाई हुने क्षति बढेको हो ।
नेपालमा वैशाखयता तीन वटा नयाँ प्रजातिको चरा फेला परेका छन् । पछिल्लो समय गत असार ६ गते भक्तपुरको मनोहरा फाँटमा नयाँ चरा भेटिएसँगै वैशाखयता फेला परेका चराको सङ्ख्या तीन वटा पुगेको हो । यो चरा नयाँ भएको पुष्टि मङ्गलबार ‘नेपाल बर्ड रेकर्ड कमिटी’ ले गरेको छ । योसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ९०२ पुगेको कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा मनसुनी न्यूनचापीय प्रणालीले देखाएको अनौठोपनले मौसमविद्हरू नै छक्क पर्न थालेका छन् ।
विसं २०७८ असारमा आएको बाढीले थिलथिलो बनाएको मेलम्ची बजार र आसपास बस्तीका बासिन्दा अझै भयरहित बाँच्न सकेका छैनन् । डरलाग्दो बाढीको विपत्बाट उठ्न खोज्दै गर्दा हरेक वर्ष मनसुनी बाढीले उनीहरूलाई तर्साइरहन्छ ।
मुस्ताङमा पनि हिमताल फुटेर हिमबाढी गाउँ पसेको पुष्टि भएको छ । गत मङ्गलबार साँझ मुस्ताङको लोमान्थाङ वडा नम्बर ४ मा हिमताल फुटेर चुम्जुङ गाउँको छुआमा खोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि अनुसन्धानकर्मीहरूले गर्नुभएको हो ।
पूर्वसूचनाको सञ्जाल बलियो नहुँदा तिब्बतमा भएको हिमताल विस्फोटले नेपालमा ठुलो जनधनको क्षति गरायो । मङ्गलबार बिहानै हिमबाढी नेपाल प्रवेश गर्यो । त्यो हिमबाढीको खबर तल्लो तटीय क्षेत्रमा पुग्नै सकेन । बाढी भित्रिसकेपछि खबर गर्ने अवसर पनि नेपाल र चीन सीमाका सरोकारवालाले पाएनन् । सीमाक्षेत्रस्थित सुक्खा बन्दरगाहका मजदुरको समेत ज्यान गयो ।
नेपालमा हिउँ पग्लेर बाढी आउने क्रम बढेको छ, जसले यहाँ जनधनको क्षति हुने उच्च जोखिम बढाएको छ ।
मङ्गलबार बिहानै भोटेकोशीमा भीषण बाढी आयो तर सोमबार रातिदेखि कोरला नाकादेखि माथि तिब्बती क्षेत्र र नेपाली भूभागमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भएको थिएन । भोटेकोशी हुँदै नेपाल पसेको भीषण बाढीको वास्तविकता पत्ता लगाउन नेपाल–चीन सरकारस्तरीय र मौसम तथा विपत्जन्य संस्थाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढीले नेपालमा ठुलो जनधनको क्षति गरेपछि विभागले घटनाको अध्ययन सुरु गरेको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि विज्ञान पढ्ने कि नपढ्ने ? आर्थिक अवस्थाले भ्याउँछ कि भ्याउँदैन भनेर धेरै विद्यार्थी अन्योलमा छन् ।
सरकारले वायु प्रदूषणजन्य विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पाँचबर्से कार्ययोजना २०८२–२०८७ ल्याउने तयारी गरेकोे छ ।
असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदै छ ।