रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्नु हुन्छ । त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठुलो पानीको आहाल छ । मौसमी चिसो बढ्दै छ । भूकम्पबाट त भागेर जोगियौँ तर चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले उहाँलाई सताइरहेको छ ।
कात्तिक १७ गतेको भूकम्पमा परेर १० महिने शिशु विशा बुढा आमा कृष्णा बुढासँगै माटोमुनि पुरिइन् । मध्यरातमा सुतेकै बेला गल्र्यामगुर्लुम घर ढलेपछि आमाछोरी सुतेकै ठाउँमा पुरिएका हुन् । स्थानीयले खोतलखातल गरेर उनकी आमा र मामाघरकी हजुरआमालाई निकाले । शरीरबाहिर निकालिए पनि दुवै जना निष्प्राण भइसकेका थिए । स्थानीयले आमाको मृत्यु भएकाले बच्चा पनि सँगै मरेको तर शव नभेटिएको ठाने र अन्यतर्फ उद्धारमा खटिए । दुई घण्टापछि प्रहरीसहितको उद्धार टोली पुगेर कोही छ कि भनेर दोहो¥याएर खोजी गरे । बच्चा पुरिएको छ भनेपछि टर्चलाइटको सहारामा ढुङ्गामाटो पन्छाउँदै थिए । भूकम्प गएको दुई घण्टा बितिसकेको थियो । एक्कासि माटोमुनि बच्चा रोएको आवाज आयो ।
एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँड्नुभयो । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै हुनुहुन्थ्यो । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भन्नुभयो, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”
जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् ।
जाजरकोटका डाँडाकाँडा कतिबेला काम्ने हुन् भन्ने त्रास स्थानीयलाई भइरहेकै छ । कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युटको भूकम्पपछिका पराकम्पनले गौँडा पहाड, जुरेली पहाड, पिल चौर डाँडाका जरा नराम्ररी हल्लिएका छन् । पहाडका मात्र होइन, यसको फेदीलाई बास बनाएका मानिसका सास र बास उठे । बारम्बारको पराकम्पनको हल्लाइबाट थामिन धौ धौ भएका अजङ्गका पहाड पनि आड खोजिरहे झैँ हलचल गरिरहन्छन् । भूकम्पको हलचलले धेरै घर बगरका ढुङ्गा गिट्टी जस्तै सोत्र्याम्म भए । नढलेका घर पनि घर जस्ता छैनन् । धेरैको ज्यान गयो । बाँचेका घरमूली र परिवारजन कोही त्रिपालमुनि अनि कोही खुला आकाशमुनि अनिँदो बसिरहेका छन् ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त राज्य अमेरिकाको भ्रमण देशका लागि फलदायी बनेको बताउनुभएको छ । उहाँले अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्म अमेरिका भ्रमण गर्नुभएको थियो । मन्त्री साउदले विदेशमन्त्री ब्लिन्केनसँग भएको भेटवार्ता समग्र देशको विकासका लागि फलदायी रहेको बताउनुभयो । “विदेशमन्त्रीसँगको भेटका अवसरमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषय तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भयो,” उहाँले भन्नुभयो, “भेटमा दुवै पक्षले आपसी हितका विषय तथा सहकार्यलाई थप विस्तार र घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गर्र्यौैं ।”
जाजरकोट भूकम्पको इपिसेन्टर आसपास लगातार पराकम्पन दोहोरिँदा सो क्षेत्र थिलथिलो बन्दै गएको छ । यसले स्थानीयमा थप त्रासको अवस्था सिर्जना गरेको छ । लगातारको पराकम्पनले खुला आकाशमुनि बसेका स्थानीय जमिनै भासिएर पुरिन्छ कि भन्ने भयले रातभर निदाउन सकेका छैनन् ।
नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो । उहाँहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ ।
बडादसैँमा घरगाउँ उल्लासमय भइसक्दा हिमाली जिल्लाका बासिन्दा भने सानोतिनो व्यापार गरेर कमाउन सहर पस्ने गर्छन् । दसैँमा परिवारसँगै बसेर खानपिन गर्दै रमाइलो गर्न मन भए पनि दसैँमा तिनै परिवारलाई बिर्सनुपर्ने बाध्यता उनीहरूको छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकको योगदान उच्च बन्दै गएको छ । शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । उहाँले विश्वशान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा नै उहाँले प्रस्ट पार्नुभएको छ ।
नेपालबारे युरोपमा चासो र चर्चा दुवै बढेको छ । सन् २०२६ मा विकासोन्मुख मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपालले अब के कस्तो प्रक्रियाबाट आफूलाई अझ बलियो बनाएर लैजान्छ भन्ने चासो युरोपेली सङ्घ (इयु) र यसका सरोकारवाला निकायमा बढेको हो । बेल्जियमस्थित युरोपेली सङ्घको मुख्यालयसँगै यसका विविध निकाय अवस्थित छ । जसले आफूले विभिन्न माध्यमबाट सहयोग गरिरहेका नेपाललगायतका मुलुकबारे विगत र वर्तमानमा भइरहेको परिवर्तनको लेखाजोखा गरिरहेको छ ।
काम तथा अध्ययन गर्न र अन्य पेसाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक समस्या खेप्नुपरेको गुनासो छ । अझ वैदेशिक रोजगारीका लागि अत्यधिक नेपाली जाने मुलुकमा नवीकरणसँगै नयाँ राहदानी लिनु भनेको ठुलो युद्ध जितेजस्तो हुने गरेको त्यहाँस्थित नेपाली नागरिक बताउनुहुन्छ।
नेपाल सरकारले अमेरिकी अनुदानमा आधारित मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट सफलतासाथ सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता अनुसार अमेरिका र नेपालको संयुक्त परियोजना भएकाले पनि सरकारले प्राथमिकतासाथ सफल कार्यान्वयनलाई जोड दिँदै समयावधिभित्रै सम्पन्न गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएको हो । बुधबार नेपालमा सम्झौता कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा आयोजित हर्षाेल्लास समारोहमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकाका तर्फबाट एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन ब्राइट, नेपालका लागि अमेरिकी राजदूत संयुक्त सहभागितामा यस्तो प्रतिबद्धता जनाइएको हो । समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले
अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालले एमसीए सम्झौता अनुमोदनका क्रममा गरेको व्याख्यात्मक विश्लेषणलाई विशेष अवस्थाको सिफारिसका रूपमा स्वीकार गरेको छ ।
स्वच्छ खानेपानी र सरसफाइको दिगो पहुँच स्थापित गर्न आवधिक योजनामै समावेश गर्न जोड दिइएको छ ।