यो वर्ष सकिन लाग्दा शनिबार काठमाडौँ उपत्यकाआसपासका डाँडामा हिउँ पर्यो । यस वर्षको हिउँदमा हिमाली क्षेत्रमा समेत हिउँ नपर्दा जनजीविकामा समस्या परेको थियो । यसपालिको हिउँदमा हिउँ मात्र नपरेको होइन, असोजपछि पानी पनि परेको थिएन । फागुनको मध्येदेखि मात्र हल्कादेखि मध्यम वर्षा गराउने प्रणाली सक्रिय भएको हो । त्यसपछि विभिन्न भेगमा हिउँ पनि पर्न थालेको छ ।
नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै गरेको यस जनगणनाको तथ्याङ्कले देखाएको छ । स्वदेशी जनसङ्ख्याले पहाड छाडेर तराई ताक्दै गर्दा विदेशीको आकर्षण पहाडको स्वच्छ हावापानीतर्फ उन्मुख देखिएको हो । छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका हिसाबले तराई भेगमा बढी भारतीय मूलका विदेशी हुनु स्वाभाविक हो । तर पहाडी भेगमा पनि भारतीयलगायतका विदेशी नागरिकको आकर्षण बढेको तथ्य राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । भौगोलिक सिमाना जोडिएको छिमेकी मुलुक चीन र भारतसँगै तेस्रो मुलुकका बासिन्दाको ठूलो सङ्ख्या पहाड उक्लँदै गरेको तथ्यले प्रस्ट पार्छ । भौगोलिक विभाजनअनुसार कुल विदेशी नागरिकमध्ये तराई भेगमा ०.४८ र पहाडमा ०.४७ प्रतिशत भारतीय नागरिक पुगेका छन् । सङ्ख्यात्मक रूपमा हेर्दा पहाडमा ५४ हजार ८३९ जना भारतीय नागरिक फेला परेका छन् । तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिकको बसोबास भेटिएको छ ।
दस वर्षयता नेपालमा डढेलो र मानवीय कारणले भएको आगलागीको क्षति अत्यधिक देखिएको छ। डढेलो र गैरप्राकृतिक आगलागीको बढ्दो घटनासँगै मानिसको ज्यान गएको मात्र होइन २०७२ सालको भूकम्पले पु-याएको क्षतिपछिको दोस्रो लहरको आर्थिक क्षति भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो।
हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ। जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो। उहाँका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन्।
काठमाडौँ, चैत १ गते । यस वर्षको मनसुनअघिको याम सुरु भएको छ । पूर्वमनसुन भनेर पनि चिनिने यस यामले नेपालमा मनसुन भित्र्याउने वातावरण बनाउँछ । यससँगै नेपालमा परेको १० वर्षयताकै लामो खडेरी अन्त्य भएको छ । यसपालि गत असोजयता फागुनको मध्यमा मात्र वर्षा भएको थियो । त्यसयता वर्षाले केही दिनको अन्तरालमा निरन्तरता दिएको छ । यस वर्ष सुरुवातमै हल्कादेखि मध्यम वर्षा हुन थालेकाले मनसुनका लागि राम्रो सङ्केत गरेको छ तर यसको निरन्तरता सन्तोषजनक नरहेको अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
हिउँदे याम सकिनु एक दिनअघि काठमाडौँमा वर्षा भएको छ । असोजमा दशैँलगत्तै बाहिरिएको मनसुनपछि यहाँ वर्षा भएको थिएन । झन्डै पाँच महिनापछि काठमाडौँ उपत्यकामा मेघ गर्जनसहित असिनापानी पारेको हो । तर ठूलो वर्षा नभई खाल्डोमा हल्का र डाँडातिर मध्यम स्तरको वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भन्नुभएको छ, “तपाईंले एक व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो उसको टाउकोमा जान्छ तर तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो उहाँको हृदयसम्म पुग्छ ।”
यसपालि हिउँद नसकिँदै देशका अधिकांश भूभागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।
नेपाल–भारत विदेश सचिवस्तरीय बैठकले दुई देशबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति गरेको छ। सोमबार नेपालमा सम्पन्न बैठकमा सीमा विवादका विषयमा समाधान हुन बाँकी रहेका खण्डहरूमा सिमानाको कार्यदलमार्फत काम पूरा गर्ने सहमति भएको हो।
क्यान्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक लडाउन खोज्ने आफ्नै शरीरसँग कुस्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा. डा. उर्मिला प्याकुरेलले पाठेघरको क्यान्सरसँग लड्दै गर्दा सँगालेको यो अनुभव हो ।
अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ। त्यसको पुष्टि नेपालका वन, जल र वन्यजन्तुसँग सम्बन्धित ऐन तथा नीतिले स्वीकार गरे पनि संरक्षणमा अभिभावकत्व ग्रहण गर्ने सवालमा भने एक–अर्कालाई पन्छाउने गरिएको छ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा मङ्गलबार अहिलेसम्मकै ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको मेला भनिने स्थानमा केन्द्रबिन्दु भएर दिउँसो २:४३ मा ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको हो। बाजुरामा योसहित यस वर्ष तीनवटा भूकम्प गएका छन्। यसअघि कात्तिक २४ गते र साउन २ गते दुवै पटक ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएका थिए।
यो वर्षको मध्यहिउँद हुँदासमेत हिउँदे वर्षा र राम्ररी हिमपात भएको छैन। वर्षा र हिमपात नहुँदा प्रदूषणले पर्यावरणीय अवस्थिति गुम्सिँदै गएको मौसमविद्हरूले बताएका छन्। यस वर्ष जुम्ला र सुदूरपश्चिमका हिमाली भेगमा बिहीबार पहिलो पटक हल्का हिमपात भएको छ। हालसम्म हिउँदको वर्षाका रूपमा नेपालमा ०.१ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। वरिष्ठ जलवायु विश्लेषक डा. इन्दिरा कँडेलले भन्नुभयो, “मनसुन बाहिरिएयता झन्डै साढे तीन महिना सुक्खाजस्तै रह्यो। अझै पनि वर्षा राम्ररी हुने जलवाष्पयुक्त प्रणाली नेपालमा भित्रिन सकेको छैन।”
जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका
ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै अवस्था र आकारमा फर्किने दाबी गरेका छन् ।