ललितपुर, कात्तिक ६ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले साँझ घोषणापत्र सार्वजनिक गर्नुहुने भएको हो।घोषणापत्र तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेका अनुसार सभापति देउवाले डिजिटल प्रविधिमार्फत र अन्य पदाधिकारी पार्टी कार्यालय सानेपामा उपस्थित भएर घोषणापत्र सार्वजनिक गर्नुहुनेछ।उहाँका अनुसार, निर्वाचनमा संविधान कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र सङ्घीयताको प्रभावकारी कार्यान्वयनलाई मुख्य मुद्दा बनाउने भएको छ। कांग्रेसले तयार गरेको घोषणापत्रमा अस्थिर राजनीतिको अन्त्य गर्दै संविधान र लोकतन्त्र रक्षार्थ गर्नुपरेको आन्दोलनलाई ध्यानमा राखेर स्थायित्वको मुद्दालाई प्राथमिकता दिइएको छ।यसअघि, असोज २८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री एवम् घोषणापत्र तयारी समिति संयोजक विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदामा प्रस्तुत गर्नुभएको थियो। बैठकबाट मस्यौदा अनुमोदन भएपछि अन्य सुझावलाई समावेश गरेर घोषणापत्र तयार गरिएको छ।कांग्रेसले संसदीय शासन प्रणालीमाथि हुनसक्ने खतराका बारेमा दृष्टिकोण अगाडि सारिएको छ। कांग्रेसका सहमहामन्त्री जीवन परियारले ‘निरन्तरतामा नवीनता’ भनिएको घोषणापत्रमा संविधान र लोकतन्त्रको रक्षाको प्रतिबद्धता व्यक्त गरिएको बताउनुभयो।उहाँले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारका संसदीय शासन प्रणालीविरुद्ध विभिन्न गतिविधिलाई ध्यानमा राखेर कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको अपनत्व ग्रहण गर्ने गरी घोषणापत्र बनाइएको बताउनुभयो।उहाँका अनुसार, घोषणापत्रमा २०४८ सालपछि कांग्रेसले सुरु गरेका महत्त्वपूर्ण कामहरू सङ्क्षिप्त रूपमा समावेश गरिएको छ। उहाँले पाँच वर्षकै लागि सरकार सञ्चालन गर्ने लक्ष्यका साथ घोषणापत्र आउने बताउनुभयो।समुन्नतिको खाकाघोषणापत्र तयारी समिति सदस्य अर्थविद् डा. स्वर्णिम वाग्लेले घोषणापत्र तीन खण्डमा निर्माण भएको जानकारी दिनुभयो। उहाँले स्थानीय तह निर्वाचनकै निरन्तरताको रूपमा आउने घोषणापत्रमा पहिलो खण्डमा समसामयिक विषयमा दृष्टिकोण रहने बताउनुभयो।उहाँका अनुसार, उक्त खण्डमा गणतन्त्र, संविधान र सुशासनका बारेमा कांग्रेसको दृष्टिकोण आउनेछ। उहाँले कांग्रेस नेतृत्वको सरकार आएपछि कोभिड डिप्लोमेसी र संविधानलाई फेरि ट्र्याकमा ल्याइएको विषय आउने बताउनुभयो।उहाँले भन्नुभयो, “ठूला रूपान्तरणका बारेमा कांग्रेसले लिएको अडान र सफलता तथा नागरिकता विधेयकसहित संसद् पुनर्बहाली भएपछि जीवन्त तुल्याउनका लागि पारित दर्जनौँ विधेयकका बारेमा घोषणापत्रमार्फत कांग्रेसको धारणा आउने छ।”डा.वाग्लेले दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने बताउँदै लोकतान्त्रिक प्रणालीभित्रै समुन्नतिको मार्गचित्रको सैद्धान्तिक आधार प्रस्तुत गर्ने र लोकतान्त्रिक व्यवस्थाको शुद्धीकरण तथा सुशासनको मुद्दा उठान गरिने जानकारी दिनुभयो।उहाँका अनुसार, फराकिलो आर्थिक सामर्थ्य र समन्यायिक समाज र नेपालको सांस्कृतिक सहअस्तित्व पनि सोही खण्डमा हुनेछ। जलवायु परिवर्तन, वन वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको घोषणापत्रमा सार्वभौमिक समानता र अन्तर्राष्ट्रिय भूमिकाको बारेमा कांग्रेसको दृष्टिकोण प्रस्तुत गरिएको छ।तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकता राखिएको छ। डा. वाग्लेका अनुसार मानव संशोधन वा शिक्षा, स्वास्थ्य र पोषण, जलवायु परिवर्तन, ऊर्जा तथा भौतिक पूर्वाधारसहित १० वटा विषयमा उक्त खण्डमा राखिएको छ। उहाँले सोही खण्डमा वित्तीय व्यवस्थाको प्रक्षेपण पनि गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “अग्रगामी आर्थिक रूपान्तरणका विषयमा घोषणापत्रमा प्रस्ट विषय आएका छन्।”समिति सदस्य गेजा शर्मा वाग्लेले घोषणापत्रमा राष्ट्रियता, राष्ट्रिय सुरक्षा नीति र विदेश नीति राष्ट्रिय सहमतिको दस्ताबेज हुनुपर्ने कांग्रेसको दृष्टिकोण आएको बताउनुभयो। उहाँले भन्नुभयो, “तत्कालीन नेकपा सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध असान्दर्भिक थियो। त्यसकारण वैदेशिक लगानी आकर्षित गर्न सकेन। कांग्रेस नेतृत्वको सरकार बनेपछि कूटनीतिक सम्बन्ध राम्रो बनेको छ। यस विषयमा कांग्रेसको दृष्टिकोण, प्राथमिकता र सिद्धान्त प्रस्तुत घोषणापत्रमार्फत प्रस्तुत गरिनेछ।”मार्गचित्र मिल्छकांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले कांग्रेसको मार्गचित्र अरू राजनीतिक दलसँग मिल्ने बताउनुभयो। उहाँले सैद्धान्तिक र व्यावहारिक रूपमा नेकपा (माओवादी केन्द्र) र सत्ता गठबन्धनमा भएका दलहरूका कार्यक्रमहरू संविधान कार्यान्वयन, सङ्घीयतालाई सबल बनाउने र आर्थिक विकास रहेकाले कांग्रेसको घोषणापत्र कार्यान्वयन हुने बताउनुभयो।
सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागी उम्मेदवारप्रति नरम देखिएका छन्। कांग्रेस र माओवादी केन्द्र सकेसम्म विश्वास दिलाएरै उम्मेदवारी निष्क्रिय पार्ने प्रयत्नमा छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने बागी उम्मेदवारलाई विश्वासमा लिने प्रयत्न पनि गरेको छैन। बरु एमालेले अभिलेखबाटै बागी उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकको नाम हटाएर पार्टीबाटै निलम्बन गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी अनुमोदित हुने अभिप्रायले राजनीतिक दलहरू घोषणापत्रलाई अन्तिम रूप दिन सक्रिय छन् । सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासँगै गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवन छोडेर गोरखा जानुभएको हो।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्नुहुनेछ ।
काठमाडौँ महानगरपालिका–६, बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपन क्षेत्रस्थित यज्ञमती र चखुँचाखोलामा आउने बाढीको स्थायी समाधानका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणले नयाँ आयोजना निर्माण गर्ने भएको छ। गोरखापत्र दैनिकमा ‘खोलामाथि बसेको बस्ती’ शृङ्खला प्रकाशित भएपछि खोला कायम गरी स्थायी समाधान निकाल्ने गरी प्राधिकरणले नयाँ योजना निर्माण गर्ने भएको हो।
सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्नका लागि आन्तरिक र बहुपक्षीय छलफलमा व्यस्त छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन र नागरिकता विधेयकका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका नेताहरू र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूसँग मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र नागरिकता विधेयकबारे छलफल गर्नुभएको हो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भएको भेटमा नागरिकता विधेयकका सन्दर्भमा आ–आफ्ना भनाइ राख्दै निर्वाचन सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रपति भण्डारीले भेटवार्ताका क्रममा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।
रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । कुनै ठाउँमा कसैलाई केही पर्दा उहाँले नै अग्रसरता लिनुहुन्थ्यो । राजनीतिक आन्दोलन र सामाजिक कार्यको बलमा नगरपालिका उपप्रमुखमा निर्वाचित असगरी दुई दिनअघिसम्म आफूले जानेसम्म राम्रै गर्ने कोसिसमा रहनुहुन्थ्यो तर कतिपय अवस्थामा सोचेअनुसार काम गर्न सक्नुहुन्थ्यो । अहिले उहाँको सोच बदलिएको छ । अब उहाँ आफ्ना दृष्टिकोण र कार्यक्रम निर्धक्क राख्न सक्नुहुन्छ । उहाँले भन्नुभयो, “समाजका जुनसुकै समस्या र विकृतिविरुद्ध लड्न आँट आएको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए।
‘यज्ञमती र चखुँचाखोलाको बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउने’ योजनासहित स्थानीय तह निर्वाचन–२०७४ मा बूढानीलकण्ठ नगरपालिका प्रमुख पदका उम्मेदवार उद्धव खरेल चुनावी अभियानमा होमिनुभयो। उहाँसँगै बूढानीलकण्ठ–१० का वडाध्यक्षका उम्मेदवार नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईलाई पनि बाढीबाट आजित कपनवासीलाई लोभ्याउने ‘राम्रो’ योजना यही बन्यो।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले वडा नम्बर १० साततलेमा भवन निर्माणका लागि स्थानीय कामना उपाध्यायलाई २०७४ मङ्सिर १ गते इजाजत दियो । २०७७ साउन २४ गते नगरकै प्राविधिकको निरीक्षणमा स्वीकृत नक्साअनुसारै घर निर्माण सम्पन्नको प्रमाणपत्र दिइएको छ ।
दुई दशक अघिसम्म बर्खायाममा पानी परेपछि बढ्ने यज्ञमती र चखुँचा खोलाको पानीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपनको फाँट सिञ्चित हुन्थ्यो। मध्य साउनमा रोपाइँ गर्न भ्याइनभ्याई हुन्थ्यो।
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० की सरिताकुमारी श्रेष्ठको बाल्यकाल चखुँचाखोला आसपासमै बित्यो । बर्खायाममा खोलाको सतह बढे पनि पानी पर्ने क्रम घट्दै गएपछि चखुँचाको पानीमा पौडी खेल्नेदेखि घरायसी प्रयोजनका लागि पनि प्रयोग गरिन्थ्यो ।
दुई दशक अघिसम्म खोला बग्ने ठाउँमा अहिले घरैघर छन्। तर बर्खायाम सुरु नहुँदै ती घरमा बस्ने बेचैन हुन्छन्। बर्खा लागेपछि घर भित्र–बाहिर गर्न नै समस्या हुन्छ। यो समस्या कुनै गाउँको होइन, सङ्घीय राजधानी रहेको काठमाडौँको काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका क्षेत्रको हो। यी दुई स्थानीय तहलाई सिमाना बनाउने कपन क्षेत्रमा यज्ञमती र चखुँचाखोलामा मानव बस्ती पस्दा यो समस्या विकराल बनेको छ।