सनातन संस्कृति, सम्पदा र परम्परासँग जोडिएका काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारण गर्ने सन्दर्भमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आएपछि सरोकारवाला नदी व्यवस्थित गर्ने तयारीमा जुटेका छन् । २०८० पुस ३ गते सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गरेको फैसला अनुसार बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने गृहकार्य र छलफलमा सम्बन्धित निकाय जुटेका हुन् । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकासहित राज्यका सम्बन्धित निकायले यसबारे आन्तरिक गृहकार्य सुरु गरेका छन् ।
काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश नदी र खोला किनार अतिक्रमण हुँदा बाढी र डुबान भएको छ । मङ्गलबार मध्यरातदेखि परेको पानीको सहज निकास नहुँदा तिनै जिल्लाका नदी र खोला किनारका बस्तीमा डुबान भएको हो । विशेष गरी बागमती, रुद्रमती (धोबीखोला), मनोहरा, हनुमन्ते, महादेव खोला, गोदावरी खोलासहित सबै नदी खोलामा बहाव बढ्दा सयौँ घर र बस्ती डुबानमा परेका हुन् । बाढीमा परेर काठमाडौँमै एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जलस्रोतविद् दीपक ज्ञवालीले काठमाडौँ उपत्यकामा बागमती नदीसहित सबै खोलामाथि बस्ती विस्तार गर्दाको परिणामस्वरूप बहाव क्षेत्र साँघुरिएर डुबान भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई गुणस्तरीय, छिटोछरितो सेवा दिने र समुन्नतिको मार्गमा राष्ट्रलाई अघि बढाउने सन्दर्भ सबै मन्त्रालयका सचिवसँग विस्तृत कार्ययोजनाबारे जानकारी लिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको शवगृह परिसर त्यसै पनि सधैँ नै सन्नाटापूर्ण रहन्छ । त्यहाँको बुधबारको दृश्य अरू भयावह र कारुणिक रह्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौ
विसं २०५० भन्दा अगाडिदेखि काठमाडौँ र ललितपुरस्थित बागमती नदीसहित अन्य खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासी नागरिकले सर्वोच्च अदालतबाट स्थानान्तरणसम्बन्धी फैसला आएपछि राहतको अनुभूति गरेका छन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच असार १७ गते भएको सहमति अनुसार आइतबारदेखि नयाँ सत्ता सहकार्य आरम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका दुई दलको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि नयाँ चरणको सत्ता यात्रा प्रारम्भ हुने छ ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राजनीतिक निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन आग्रह गरे पनि सरकारले संसद्बाट विश्वासको मत लिने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिने प्रस्ट पार्नुभएको हो । कांग्रेस र एमाले नयाँ सरकार गठनको गृहकार्यमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्डले चाँडै विश्वासको मत लिने तयारी थाल्नुभएको हो ।
प्रतिनिधि सभाको पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य आरम्भ भएको छ । आवधिक निर्वाचनमा पहिलो बन्ने प्रतिस्पर्धामा रहेका कांग्रेस–एमालेले २०७२ को संविधान जारी भएपछि राजनीतिक स्थायित्व र संविधान संशोधनसहितको मुद्दामा सहकार्यको थालनी गरेका हुन् ।
दीर्घकालीन योजना, सङ्घीय सरकार र स्थानीय तहको समन्वय नहुँदा र भूमाफियाको रजगजका कारण यज्ञमती खोला पुरिँदै छ । काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोतमध्ये चखुँचाखोला खुला आकाशमुनि बग्दै गर्दा यज्ञमती नामेट पार्न ढलमा रूपान्तरण गरिएको हो ।
दुई अर्ब ८२ करोड रुपियाँ अपचलन गरेको कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका चार सञ्चालक कानुनको फन्दामा परेका छन् । पति अध्यक्ष र पत्नी व्यवस्थापक रहेको उक्त सहकारीका अध्यक्षसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामध्ये चार जना पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार कृषि विकास सहकारीका अध्यक्ष, व्यवस्थापक र दुई जना सञ्चालक सदस्यलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको जाहेरी परेको बताउनुभएको हो ।
विद्यार्थी राजनीतिमा असफल भएपछि काभ्रेका चन्द्रबहादुर लामा (सिबी तामाङ लामा) २०५५ तिर सहकारी क्षेत्रतर्फ लोभिनुभयो । सहकारी खुल्ने र जनताबाट राम्रै बचत सङ्कलन हुने देखेपछि १५ वर्षअघि पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्थापना गर्नुभयो । सुरुवाती दिनमा सिबीले खोलेको सहकारीको नेतृत्व पत्नी सन्ती लामाले गर्नुभयो ।
१७ औँ गणतन्त्र दिवस मनाइरहँदा देशका नागरिकलाई प्रजा ठान्ने सामन्ती शासनको बिदाइसँगै हरेक नेपाली सार्वभौम अधिकार सम्पन्न नागरिक भएका छन् ।
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको नगद भेटी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको छ । कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेपछि महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको हो ।