व्यासीहरूको “कुञ्जा” संस्कृति

दार्चुला जिल्लाको उत्तरमा अवस्थित व्यास हिमालको काख र महाकाली नदीले बनाएको उपत्यकामा रहेको व्यास गाउँका बासिन्दालाई व्यासी भनिन्छ । विश्वकै महान् ग्रन्थ वेदका रचयिता कृष्ण द्वैपायन महर्षि वेदव्यासले यो हिमालमा बसेर ध्यान, तप, व्रत गरेकाले हिमालको नाम नै व्यास रहेको तथा त्यस क्षेत्रमा बसोबास गर्नेहरू व्यासी कहलाउन थालेको विश्वास गरिन्छ, यिनीहरूलाई सौका पनि भनिन्छ । दाचुर्लाका छाङ्रु, टिङ्कर, रपाङ, दुम्लिङ (दुगलिङ) र फुलचिम, राङ्थल, स्याङ्काङ क्षेत्रमा व्यासीको बाक्लो बसोबास छ । जिल्ला सदरमुकाम खलङ्गामा पनि केही व्यासीको बसोबास छ । भारतको अल्मोडा, चमोली, उत्तरकाशी जिल्लाका हिमाली र पहाडी क्षेत्रमा पनि व्यासी/सौकाहरूको बसोबास देखिन्छ । उतैबाट यिनीहरू नेपाल प्रवेश गरेका