• २३ असार २०८२, सोमबार

बुनेको काश्मीरी टेल्स ब्रान्ड सुरु

blog

काठमाडौँ, असोज ५ गते । व्यावसायिक घराना एमएस ग्रुपले नेपाली कपडालाई ग्लोबल ब्रान्ड दिने गरी तयारी पोसाक उद्यम सुरु गरेको जनाएको छ । आधुनिक डिजाइनका उच्च गुणस्तरका पहिरन नेपालमा उत्पादन गरी विदेश निर्यात गर्ने योजना रहेको ग्रुपका प्रमुख सुमित अग्रवालले जानकारी दिनुभयो ।

इटलीमा फेसन डिजाइनको अध्ययनपश्चात् सुमित पुत्री माल्भिका अग्रवालले सो उद्यमको नेतृत्व गर्ने उहाँको भनाइ थियो ।

अत्यावश्यक कच्चा पदार्थ मात्र विदेशबाट आयात गर्ने र बाँकी प्रशोधन तथा उत्पादनको काम स्वदेशी सिप प्रयोग गरी गरिने माल्भिकाले जानकारी दिनुभयो । विश्व परिवेश, त्यहाँको आवश्यकतामा नेपाली उत्पादनलाई सही ढङ्गले बजारीकरण गरी दिगो बजार निर्माण गर्ने उहाँको दाबी छ । 

उहाँले भन्नुभयो, “बुनेको काश्मीरी टेल्स ब्रान्डमा नेपालको शिल्प र इटलीको डिजाइनको विशिष्ट कलालाई मिश्रण गरी अन्तर्राष्ट्रियस्तरका पहिरन उत्पादन गर्दै छु ।”