• ११ मंसिर २०८१, मङ्गलबार

प्रक्रियागत झन्झटले लगानीमा समस्या

blog

काठमाडौँ, भदौ २० गते  । पाँच वर्षको अवधिमा मुलुकमा झन्डै दुुई खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएकामा ७६ अर्ब रुपियाँ लगानी भित्रिएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म एक खर्ब ८७ अर्ब ९६ करोड लगानी प्रतिबद्धता आएकामा ७६ अर्ब ५८ लगानी भित्रिएको हो । बर्सेनि लगानी गर्र्ने भनेर प्रतिबद्धता रकम बढ्दै गए पनि सो अनुसारमा नेपालमा विदेशी लगानी भित्रिन सकेको छैन । लगानीकर्ताले नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको एक तिहाइ रकम मात्र भित्रिने गरेको तथ्याङ्कले देखाएको छ । 

पूर्वसचिव पुुरुषोत्तम ओझाले प्रशासनिक, कानुुनी र प्रव्रिmयागत झन्झटले न्यून लगानी भित्रिने गरेको हो । लगानीकर्ताले नेपालमा गरेको लगानीको रकम फिर्ता गर्न झमेला हुने गरेकाले पनि कम रकम भित्रने गरेको उहाँको भनाइ छ । विदेशी लगानी भिœयाउनका लागि सरकारले उपयुुक्त वातावरण सिर्जना गर्नुुपर्ने उहाँको भनाइ छ । 

“लगानीकर्ता धेरै निकायमा धाउँदै हिँड्नुपर्ने बाध्यता छ, लगानीकर्ताले लगानी गर्न उपयुक्त वातावरण खोज्छन्, राजनीतिक अस्थिरताले नेपालमा लगानीको जोखिम देखेका कारण पनि पर्याप्त लगानी भित्रिन सकेको छैन,” उहाँको भनाइ छ ।

संस्थागत सुधारको अभाव, अनलाइन प्रणालीबाट लगानी भिœयाउने कार्य चुस्त नहुनु, डकुमेन्ट पु¥याउनुपर्ने बाध्यता र लगानी भिœयाउन सहजीकरण गर्नुपर्ने निकायले सहजीकरण नगर्दा काममा ढिलासुस्ती हुँदा विदेशी लगानीकर्ता कम आकर्षित हुने गरेको उहाँको भनाइ छ ।

उद्योगमा लगानी वृद्धि गरेर अर्थतन्त्रमा योगदान पु-याउन प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण कार्यलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि अपेक्षित वैदेशिक लगानी भिœयाउन नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । “नीतिगत अस्थिरता, कर प्रशासनमा समस्या, जग्गा विवाद, औद्योगिक सुरक्षा, कच्चा पदार्थ अभावलगायत विविध कारणबाट अपेक्षित रूपले वैदेशिक लगानी प्राप्त हुन सकेको छैन,” महालेखाको प्रतिवेदनमा भनिएको छ । विद्यमान समस्या समाधान गरी प्रत्यक्ष वैदेशिक लगानी र प्रविधि हस्तान्तरण बढाउनुपर्ने प्रतिवदेनमा उल्लेख छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएकामा पाँच अर्ब ९६ करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आव २०७८/७९ मा ५४ अर्ब १५ करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएकामा १८ अर्ब ५६ करोड रुपियाँ भित्रिएको थियो । आव २०७७÷७८ मा ३२ अर्ब १७ करोड २८ लाख रुपियाँ प्रतिबद्धता आएकामा १९ अर्ब ५१ करोड २७ लाख रुपियाँ लगानी भित्रिएको विभागको तथ्याङ्क छ । यस्तै आव २०७६/७७ मा ३७ अर्ब ८० करोड ५८ लाख रुपियाँ लगानी प्रतिबद्धता भएकामा १९ अर्ब ४७ करोड ८७ लाख रुपियाँ भित्रिएको छ ।

आव २०७५/७६ मा २५ अर्ब ४८ करोड ४४ लाख रुपियाँ लगानी प्रतिबद्धता रहेकामा १३ अर्ब ६५ करोड रकम भित्रिएको छ । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले विदेशी लगानी प्रतिबद्धताको न्यून रकम मात्र नेपालमा भित्रिने गरेको जानकारी दिनुुभयो । नेपालमा लगानी गर्छुु भनेर प्रतिबद्धता गरेकामा ३० देखि ३५ प्रतिशत मात्र नेपालमा आउने गरेको उहाँले जानकारी दिनुुभयो । गत वर्ष विदेशी लगानीको सीमा घटाएकाले पनि लगानी प्रतिबद्धतामा कमी आएको जानकारी दिनुभयो । विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा ३२७ परियोजनामार्फत ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

आव २०७८/७९ मा २९३ परियोजनामार्फत ५३ अर्ब ९० करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष विश्वभर देखिएको आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको विभागले जनाएको छ । विभागका अनुसार सुरुदेखि हालसम्म चार खर्ब ५६ अर्ब ३८ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।