• १६ वैशाख २०८१, आइतबार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक

सरकारको भ्रष्टाचारविरोधी अभियानमा कांग्रेसको समर्थन

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौं, साउन १० गते । नेपाली कांग्रेसको साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्य समिति बैठक बुधबार सम्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुँदै बैठकमा निकै महत्वपूर्ण सुझाव संकलन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै महत्वपूर्ण विषय राख्नुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु । अत्यन्तै, राजनीतिक कांग्रेस कोहीभन्दा कम छैन भन्ने कुरा आयो हार्दिक धन्यवाद दिन चाहन्छु । पार्टीले सबैलाई हामीले सम्मान गर्नुपर्छ । हाम्रो कर्तव्य पनि हो ।”

उहाँले बैठकमा उठेका विषयमा पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा छलफल गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “महासमिति ठूलो हुन्छ भन्ने पनि छ । त्यसपछि छलफल गरेर के गर्नुपर्छ हामी पदाधिकारी, पूर्व पदाधिकारी बसेर फेरि छलफल गरौंला । सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । पार्टीको बैठक यही सम्पन्न भएको छ ।”

यस्तै, कांग्रेसले सरकारको भ्रष्टाचारविरोधी अभियानलाई समर्थन गरेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशिष्ट परिस्थितिमा बनेको विशिष्ट गठबन्धनको अवस्थामा गठबन्धन दलले भरोसा गर्ने अवस्था भएको भन्नु हुँदै सो कुरा बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनमा आबद्ध सबै दलबाट संघीय सरकार निर्माणका बेला आएका परिणाम हाम्रा अगाडि अनायसै टरेर गए । गठबन्धनको अन्य दलमा अन्याेल सिर्जना भयो र प्रतिकूल अवस्थमा गठबन्धनमा आबद्ध दलले भरोसा गरे । विशिष्ट परिस्थितिमा बनेको विशिष्ट निर्वाचित स्थानीय सरकार, जनताको अधिकतम हितमा कार्य गर्नेछौं ।”

उहाँले आर्थिक अनियमितताबाट अलग रहन केन्द्रीय कार्य समितिमा आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक अनियमितताबाट अलग रहन केन्द्रीय कार्य समिति आव्हान गरेबमोजिम सुशासन र भ्रष्टाचार सँगसँगै जान, सुशासन बेथिति निर्मूल नगरी यी विषयलाई आत्मसात् गरेर जानुपर्छ” उहाँले यसअघि कांग्रेसले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहल गरेको बताउनुभयो ।