• १२ मंसिर २०८१, बुधबार

प्रधानमन्त्री पत्नी सीता दाहालको स्वास्थ्य परीक्षण

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । 

यससँगै प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री पत्नी दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित रहनुभएको छ ।