• १९ वैशाख २०८१, बुधबार

प्रत्यक्ष प्रसारण

प्रतिनिधि सभा बैठक : प्रधानमन्त्री र सांसदबीच सवाल–जवाफ

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ।

काठमाडौं, जेठ ४ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज (बिहीबार) संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौं बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच प्रत्यक्ष सवाल–जवाफ हुने कार्यसूची रहेको छ ।

सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने जानकारी दिनुभयो ।

साथै, प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम ‘‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आ.व २०७८–०७९’’ पेश गर्नुहुने छ ।