• २१ वैशाख २०८१, शुक्रबार

हिमपहिरोमा पुरिएर आठ बेपत्ता

blog

हिम पहिरो । फाइल तस्बिर

प्रकाशविक्रम शाह

धनगढी, वैशाख १९ गते । दार्चुलामा हिमपहिरोमा पुरिएर आठ जना बेपत्ता भएका छन् ।  मंगलबार दिउँसो २:४५ बजेतिर यार्सागुम्बा टिप्न गएकाबेला हिमपहिरोमा परी ती व्यक्ति बेपत्ता भएका हुन् ।  

दार्चुलाको व्यास गाउँपालिका –१ को भोलममा हिमपहिरोमा पुरिएर आठ जना बेपत्ता भएको सशस्त्र प्रहरी गुल्म छाङ्ग्रुका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक तर्क पाण्डेले बताउनुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको बताउनुभयो । सो टोली पुगेपछि घटनाबारे विस्तृत विवरण प्राप्त हुन्छ प्रनाउ पाण्डेले बताउनुभयो । 

बेपत्ता हुनेहरू स्थानीयवासी नै रहेको अनुमान गरिएको छ । यार्सा टिप्न स्थानीय जाने गर्छन् बाहिरबाट त्यहाँ कोही जाँदैनन् दार्चुलाका पत्रकार मनोज बडूले बताउनुभयो ।