काठमाडौं, फागुन २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी छ ।
धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन सन्दर्भमा राप्रपाको धारणा के हुने भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पूर्व अध्यक्षहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, नेता विक्रम पाण्डे सहभागी हुनुहुन्छ ।