• १२ साउन २०८१, शनिबार

लेजेन्ड्स लिग खेल्दै पूर्वकप्तान पारस

blog

काठमाडौं, माघ ११ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कतारमा हुने लेजेन्ड्स लिग क्रिकेट खेल्नुहुने भएको छ । तेस्रो संस्करणको लेजेन्ड्स लिग २७ फेब्रुअरीदेखि ८ मार्चसम्म कतारमा आयोजना हुनेछ । 

पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्न लाग्नुभएको हो । एसियन लायन्सले पारसलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यस टोलीमा पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र सोयब अख्तरलाई पनि अनुबन्ध गरिएको छ ।

लायन्सले यसअघि उपुल थरंगा तथा अस्गर अफगानलाई पनि टोलीमा अनुबन्ध गरिसकेको थियो । लिगमा वर्ल्ड जायन्टस, इण्डियन महाराज र एसियन लायन्सको सहभागिता रहने बताइएको छ ।