काठमाडौँ, फागुन १६ गते । यही फागुन २६ देखि चैत ६ गतेसम्म नेपालमा आयोजना हुने आइसिसी विश्वकप लिग–२ को बन्द प्रशिक्षणका लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाईएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीमा नियमित खेलिरहेका र जारी जय ट्रफीमा गरेको प्रदर्शनका आधारमा २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालसहित संयुक्त अरव इमिरेट्स र ओमान रहेको छ । नेपालले दुई वर्षपछि घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।
आठ देश सहभागि लिग–२ मा नेपाल अहिले १२ अङ्कसहित सातौँ स्थानमा छ । नेपालले सिरिजको पहिलो खेल ओमानसँग २६ गते खेल्नेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, बसिर अहमद, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी ।