काठमाडौँ, फागुन १६ गते । कोशी प्राइड प्रालिको आयोजानमा हुने टी–२० कोशी प्राइड लिग (केपिएल) को मिति परिवर्तन भएको छ ।
यसअघि फागुन ९ देखि २१ गतेसम्मका लाति तय भएको लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमा हुनेछ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।
नयाँ मितिका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वस्कृति दिएको छ । कोशी प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगमा विभिन्न सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टोलीले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।
अक्सनमा दुई ३२ खेलाडी समावेश थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा एक सय तीन खेलाडी रहेका थिए । दुई ३२ खेलाडीमध्ये ८४ खेलाडी बिक्री भएका हुन् ।