• १६ फागुन २०८२, शनिबार

एन्फा राष्ट्रिय लिग : एपिएफ र पुलिसको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै एपिएफ र पुलिसका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन १६ गते । विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा दुवै पुलिसले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । बराबरीसँगै शीर्षस्थानमा रहेको एपिएफले आठ खेलबाट २० अङ्क बनाएको छ । आठ अङ्क बनाएको पुलिस १०औँ स्थानमा छ । 

यस्तै अर्को खेलमा श्री भगवती क्लबले काँक्रेबिहार क्लबमाथि ६–० गोलको सहज जित निकालेको छ । एकपक्षीय जितसँगै आठ खेलबाट आठ नै अङ्क बनाएको श्री भगवती १२औँ स्थानमा उक्लिएको छ । काँक्रेबिहारको समान खेलबाट एक अङ्क बनाएको छ ।