• १३ वैशाख २०८१, बिहिबार

‘सायरा’ विश्वभर एकसाथ रिलिज हुँदै

blog

काठमाडौँ, मङ्सिर १६ गते । बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने चलचित्र ‘सायरा’ विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौँमा चलचित्रका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वल्र्डवाइड रिलिज’बारे सम्झौता गर्नुभएको छ । “पावनी फिल्म्सले विश्वभर चलचित्रलाई प्रमोसन गर्नेछ । हामीलाई चलचित्र निर्माणमा यसले झनै मद्दत पुगेको छ,” प्रस्तुतकर्ता परियारले बताउनुभयो ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने चलचित्रमा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित हुनुभएको छ ।

नेपाली ब्यानर डीबीआर मेडिया एन्ड मुभिज प्रालि र आइबिल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायाङ्कन हुँदै छ ।