• ४ वैशाख २०८१, मङ्गलबार

'प्रेमगीत-३' ले तीन दिनमा ५ करोड बढी कमायो

blog

काठमाडौं, असोज १० गते । चलचित्र 'प्रेमगीत-३' विश्वका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको छ । विभिन्न विवादमा घेरिएको यस चलचित्रले नेपाल लगायत विदेशमा पनि दर्शकको मन जित्न सफल भएको छ । 

'प्रेमगीत-३' का निर्माण पक्षका अनुसार 'प्रेमगीत ३'ले नेपालमा पहिलो दिन अर्थात् शुक्रबार दुई करोड ५० हजार रुपियाँ कमाएको छ । र दोस्रो दिन शनिबार दुई करोड २२ लाख रुपियाँ  कमाएको हो । 

हिन्दी संस्करण रिलिजको समयमा विवाद उत्पन्न भएपनि भारतमा पनि चलचित्रले राम्रो व्यापार गरिरहेको छ । प्रदर्शन भएको मितिदेखि नै सफल व्यापार गरिरहेको यस चलचित्रले नेपालमा आइतबार भने ९० लाख ५० हजार कमाएको वितरक गोविन्द शाहीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा ‘प्रेमगीत-३’ को हिन्दी संस्करणले शनिबार भारतमा कुल ८३ करोड भारु कमाएको छ भने शुक्रबार फिल्मको कमाई १.१२ करोड क्रस हो ।

भारतमा पनि सीमित सो मात्रै पाएको छ, 'प्रेमगीत-३'ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रलाई लिएर विवाद चर्किएको थियो । चलचित्रको बारेमा चलचित्र विकास बोर्डसँगै कलाकार दीपक राज गिरी, सरोज खनाल र प्रेमगीतका टिम र सदाबहार नायिका करिश्मा मानन्धरसमेत आफ्नो प्रतिक्रिया राख्नुभएको हो । 

यस्तै, चलचित्रको हिन्दी संस्करणमा पनि आजबाट रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले रिलिज केही दिन ढिला भएको हो ।