काठमाडौं, साउन ११ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा अनिवार्य अवकाश प्राप्त वरिष्ठ अधिकृत बज्रबहादुर केसीलाई विदाइ गरेको छ । केसीलाई बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङ, कर्मचारी र प्रशिक्षकहरुले विदाइ गर्नुभएको हो ।
विदाइ कार्यक्रममा सदस्य सचिव घिसिङले केसीको अनुभव खेलकुद क्षेत्रमा आगामी दिनमा पनि उपयोगी हुने बताउनुभयो । खेलकुद विकास विभागका प्रमुख केसी २०४७ सालमा नायव सुब्बाको रुपमा राखेपको प्रशासनिक सेवामा प्रवेश गर्नुभएको थियो । राखेप अन्तरर्गत विभिन्न शाखा तथा विभागमा रहेर काम गर्नुभएका केसी २०७९ सालमा प्रथम श्रेणीमा बढुवा हुनुभएको थियो ।