• २२ असार २०८१, शनिबार

स्वीडेनलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा

blog

स्वीडेनविरुद्ध गोलगरेपछि खुशी मनाउँदै इङ्ल्यान्डका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौं, साउन ११ गते । आयोजक इङ्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्रमाल लेन सेफिल्डमा मङ्गलबार राति भएको खेलमा घरेलु टोली इङल्यान्डले स्वीडेनलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा इङ्ल्यान्डलाई जिताउन बेथ मेड, लुसी ब्रोन्ज, अलिसा रुस्सो र फ्रान किर्बीले गोल गर्नुभयो । खेलभर इङ्ल्यान्डको दबाब झेलेको स्वीडेनको गोल फर्काउने प्रयास सफल भएन । इङ्ल्यान्ड तेस्रो पटक महिला युरो कपको फाइनलमा पुगेको हो ।

यसअघि इङ्ल्यान्डले सन् १९८४ को पहिलो र सन् २००९ को नवौं संस्करणमा फाइनल खेलेको थियो । तर इङ्ल्यान्डले उपाधि जित्न भने सकेन । यसपटक उपाधिका लागि इङ्ल्यान्डले जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।जर्मनी र फ्रान्सबीचको सेमिफाइनल खेल बुधबार (आज) राति हुनेछ । एजेन्सी