• २२ असार २०८१, शनिबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

काठमाडौं, साउन ११ गते । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ बस्ने ४८ वर्षीय श्यामबहादुर थापा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वय तथा फरार प्रतिवादी खोजतलास एवम् पक्राउको लागि परिचालित टोलीले बुधबार चन्द्रागिरी नगरपालिका–२ बलम्बुबाट थापालाई पक्राउ गरेको हो ।

थापाले सानिमा बैंक लिमिटेड नयाँबजार शाखा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी चेक दिएकोमा उच्च अदालत पाटनले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।

अदालतले थापालाई बैंकिङ कसुर बमोजिम पाँच दिन कैद र १५ लाख १९ हजार ७५० रुपियाँ जरिवाना हुने ठहर गरेको थियो ।

थापालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पेश गरिएको प्रहरी उपरीक्षक प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनुभयो ।