• ३ साउन २०८१, बिहिबार

नेता गिरीको उपचार जारी

blog

ललितपुर, साउन ११ गते ।  स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि नेता गिरीलाई आइतबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकको प्रत्यक्ष निगरानीमा उहाँको उपचार भइरहेको जानकारी मेडिसिटी अस्पतालले दिएको छ।

प्रतिनिधि सभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्छ। नेता गिरीको उपचारमा डा. पङ्कज बर्मनको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली संलग्न छ। यसअघि उहाँ भारतको मुम्बईमा घाँटीको उपचार गराएर फर्किनुभएको थियो। स्वदेश फर्किनेबित्तिकै स्वास्थ्य समस्या देखिएपछि नेता गिरी अस्पताल भर्ना हुनुभएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।