• १३ असोज २०८१, आइतबार

झुण्डिएका तीन किशोरी घटना : शंकास्पद र अनौठो

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, साउन ८ गते । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुईजनाको मोवाइल फेला परेको प्रहरीले जनाएको  छ । 

झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार दुईजनाको गोजीमा मोवाइल फेला परेको र बाँकी एकजनाको मोवाइल भने फेला नपरेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो  ।  फेला परेका दुबै  मोवाइलमा ‘प्याट्रोन लक’  रहेको र  मोबाइल जाँचका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाइको पाठकले बताउनु भयो  ।

तीनै जनाको शवमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ । प्रहरी  प्रवक्ताले घटना धेरै शंकास्पद नभए पनि अनौठो घटना भएकाले सूक्ष्म ढंगबाट प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाउनु भएको छ  ।

हाल  शवको पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा आइतबार बिहान  फेला परेका थिए । उनीहरु सोही चिया बगानमा मजदुरी गर्दै आएका हुन् । स्थानीयवासी समेत रहेका उनीहरु तीनैजना मिलनसार साथीसमेत हुन् । 

मृत अवस्थामा फेला पर्नेहरुमा कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना छन् ।

शनिबार दिउँसो १२ बजे एकसाथ घरबाट हिँडेका उनीहरु कतै आफन्तकोमा बसेको हुनसक्ने भन्दै परिवारले खोजी नगरेको बताएका छन् । उनीहरुको आफन्तको समेत घर नजिक्कै रहेको छ ।