दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की विजयी
दोलखा, मंसिर १९ गते । दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो ।
सर्लाही-२ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोलाई दुई हजार ११ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो। यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँती विजयी हुनुभएको छ। किराँतीले नेकपा (एमाले)का शेरधन राईलाई दुई हजार ३ सय ८५ मतले पराजित गर्नुभएको हो। उहाँले कुल खसेको मत ६१ हजार ८ सय ३० मध्ये २८ हजार ५ सय ७८ मत पाउनुभएको छ। पूर्व मुख्यमन्त्रीसमेत रहेका उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का राईले २६ हजार १ सय ९३ मत पाउनुभयो।
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ । ३० हजार ६१२ मत ल्याएर मोदी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदप्रसाद ढकालले २४ हजार ४६३ मत पाउनुभएको छ ।
नुवाकोट क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङले नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीलाई तीन हजार ८५ मतान्तरले पराजित गर्नुभएको हो । माओवादीका तामाङले २६ हजार ५४८ मत प्राप्त गर्नुभएको छ भने एमालेका मैनालीले २३ हजार ४६५ मत प्राप्त गर्नुभएको छ ।
रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी हुनुभएको छ । माओवादी उपमहासचिव पुन ४१ हजार सात सय १४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत ल्याउनुभएको छ । माओवादीका पुनले एमालेका बुढालाई २५ हजार दुई सय २९ मतान्तरले पराजित गर्नुभएको हो।
सङ्घीय संसदका लागि एक क्षेत्र रहेको हुम्ला जिल्लामा
प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का छिरिङ् डम्डुुल लामा (कार्चेन) विजयी हुनुुभएको छ । माओवादी
केन्द्रका लामाले आफ्नो निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार दल
रावलभन्दा चार अजार ८५५ मत बढी ल्याएर विजयी हुनुभएको हो ।
काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ दोङ विजयी हुनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रेसमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनु भएको हो ।
कालीकोटको एक मात्र प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेद्वार महेन्द्रवहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले एमालेका केन्द्रीय सदस्य नगीन्द्र शाहीलाई आठ हजार ६४ मतले पछि पार्दै बिजयी बन्नु भएको हो ।
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी
हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका
नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक
निर्वाचित हुनुभएको हो ।
खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । खोटाङमा खसेको ६७ हजार तीन सय ७३ मतमध्ये राईले ३१ हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ।
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । दाहाल २६ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पछाडि पार्दै दाहाल विजयी हुनुभएको हो ।
दाङ निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेखा शर्मासँग १९७ मतको मतान्तरले नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पराजित हुनुभएको छ । गठबन्धनका उम्मेदवार शर्मा प्रतिनिधिसभा सदस्यमा २६ हजार ८७७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
जाजरकोटबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ। ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ। उहाँले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गर्नुभएको हो। एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गर्नुभएको छ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा (सुबोध) विजयी हुनु भएको छ ।उहाँका निकटम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार सरेश नेपाललाई तीन हजार ३५६ मतले पछाडी पार्दै सापकोटा निर्वाचित हुनु भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ बाट (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी हुनुभएको छ। पौडेल २४ हजार ७७९ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्य विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गर्नुभएको छ।
रुकुम पूर्वको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ । उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजयी हाँसिल गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली क्षेत्र २ मा पहिलो विजयी खाता खोलेको छ । सत्ता गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल 'राजन'ले भारी मतका साथ विजयी हुनुभएको छ ।
सल्यान १ प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्मा विजयी हुनुभएको छ । शर्माले २२ हजार २५४ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलबहादुर गिरीले १४ हजार २२९ मत पाउनुभएको छ ।
रोल्पा १ प्रदेश सभा (क)मा माओवादी केन्द्रका जोखबहादुर महरा विजयी हुनुभएको छ । उहाँले १९ हजार ४२५ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का कलमबहादुर बुढाथोकीले पाँच हजार ४०५ मत पाउनुभएको छ ।
गोरखा २ प्रदेश सभा (क)मा माओवादीको चुनाव चिन्हमा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा विजयी हुनुभएको छ । उहाँ १२ हजार ४१८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का राजु राना पाँच हजार ४१६ मतले पराजित हुनुभएको छ।