• १५ चैत २०८०, बिहिबार

नुवाकोट १ मा माओवादी केन्द्रका तामाङ विजयी

blog

नुवाकोट, मङ्सिर १० गते । नुवाकोट क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ ।

तामाङले नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीलाई तीन हजार ८५ मतान्तरले पराजित गर्नुभएको हो ।

माओवादीका तामाङले २६ हजार ५४८  मत प्राप्त गर्नुभएको छ भने एमालेका मैनालीले २३ हजार ४६५ मत प्राप्त गर्नुभएको छ ।