शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                रोल्पा, मंसिर १० गते। रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन विजयी हुनुभएको छ।
माओवादी उपमहासचिव पुन ४१ हजार सात सय १४ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत ल्याउनुभएको छ। माओवादीका पुनले एमालेका बुढालाई २५ हजार दुई सय २९ मतान्तरले पराजित गर्नुभएको हो।
रोल्पामा २०६४ सालदेखि नै माओवादी विजयी हुँदै आएको छ। पहिलो संविधानसभा चुनावमा पुन ललितपुर–१ बाट विजयी हुनभएको थियो। २०७० सालमा मोरङ ९ बाट पराजित पुन २०७४ सालको चुनावमा रोल्पाबाट विजयी हुनुभएको थियो। अहिले पुन रोल्पाबाट दोस्रो पटक विजयी हुनुभएको हो।