• १३ वैशाख २०८१, बिहिबार

हुम्लामा माओवादी केन्द्रका लामा विजयी

blog

राजन रावत
हुम्ला, मङ्सिर १० गते । 
सङ्घीय संसद्का लागि एक क्षेत्र रहेको हुम्ला जिल्लामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का छिरिङ् डम्डुुल लामा (कार्चेन) विजयी हुनुभएको छ । लामा बाम लोकतान्त्रिक गठबन्धनबाट विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य पदमा लामा विजयी भएको घोषणा गर्नुभएको हो । माओवादी केन्द्रका लामाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार दल रावलभन्दा चार हजार ८५५ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

कुल खसेको मतमध्ये लामाले १४ हजार ३७१ मत प्राप्त गर्नुभएको छ भने रावलले नौ हजार ५१६ मत प्राप्त गर्नुभयो । लामा रावल कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत हुनुहुन्थ्यो । यसैगरी, राप्रपाका तेजबहादुर रावतले ३७९ प्राप्त गर्नु भएको छ ।