• ४ जेठ २०८१, शुक्रबार

पछिल्लो एघार महिनामा ३९ अर्ब ३२ करोड ७० लाख रुपियाँको सुन आयात

blog

काठमाडौं, असार ३२ गते । चालु आर्थिक वर्षमा विभिन्न देशबाट १६२ किलो अवैध सुनसहित झण्डै छ हजार किलो सुन नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा ५० लाख ७८ हजार ३६६ ग्राम (पाँच हजार ७८.३६६ किलो) सुन नेपालमा भित्रिएको भन्सार विभागको तथ्याङ्क छ । 

तथ्याङ्कअनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो । पछिल्लो ११ महिनामा ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार १८२ रुपियाँको सुन नेपालले आयात गरेको हो । 

पछिल्लो ११ महिनामा ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार १८२ रुपियाँको सुन नेपालले आयात गरेको हो । 

आर्थिक वर्ष २०७७–७८ मा नेपाल भित्रिएकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल भित्रिएको विभागको तथ्याङ्क छ ।  तथ्याङ्कअनुसार गत आर्थिक वर्ष नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपियाँको तीन हजार ९२४.५ किलो सुन भित्रिएको थियो । 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३ अर्ब १७ करोड, ५३ लाख ८ हजार ७७० रुपियाँको चार लाख ६० हजार ५२० ग्राम (४६०.५२ किलो) सुन आयात भएको छ । भदौंमा पाँच अर्ब २० करोड ५१ लाख चार हजार ७६१ रुपियाँको सात लाख ५८ हजार ८२७ ग्राम (७५८.८२७ किलो), असोजमा दुई अर्ब ७४ करोड ६६ लाख ९२ हजार २५५ रुपियाँको चार लाख ११ हजार १६५ ग्राम (४११.१६५ किलो), कार्तिकमा तीन अर्ब ९० करोड, ९९ लाख ४७ हजार ६७० रुपियाँको पाँच लाख ६१ हजार १८९ ग्राम (५६१.१८९ किलो), मंसिरमा ३ अर्ब दुई करोड ९३ लाख ४२ हजार २३३ रुपियाँको ६ लाख ६५३६९७ ग्राम (६५३.६९७), पुसमा ३ अर्ब ५९ करोड ७६ लाख ८३ हजार ५० रुपियाँको ५२४८१९ ग्राम (५२४.८१९ किलो), माघमा ४ अर्ब ३६ करोड ९१ लाख ८६ हजार ३६४ रुपियाँको ४१२७८९ ग्राम (५१२.७८९ किलो), फागुनमा ५ अर्ब ५ करोड ५८ लाख ४७ हजार ६२४ रुपियाँ ४६२१९२ ग्राम (४६२.१९३ किलो), चैतमा ९४ करोड २ लाख २४ हजार ६२४ रुपियाँको ८७४७६ ग्राम (८७.४७६ किलो), बैशाखमा २ अर्ब १४ करोड ७७ लाख ९१ हजार ९४१ रुपियाँको १९८९८४ ग्राम (१९८.९८४ किलो) र जेठमा ३ अर्ब ५५ करोड ४८ लाख ७१ हजार ३१७ रुपियाँको ४४६७०५ ग्राम (४४६.७०५ किलो) सुन आयात भएको छ । 

चालु आर्थिक वर्षमा आयात भएको सुन आर्थिक वर्ष २०७७–७८ को भन्दा आधाभन्दा बढी हो । तर, नेपालमा जुन मात्रामा सुन आउनु पर्ने हो सो अनुसार आयात नभएको सुनचाँदी व्यवसायी महासंघका सल्लाहकार तेजरत्न शाक्यले बताउनुभयो । 

उहाँका अनुसार अहिले सुनको मूल्य बढेकाले आयात बढेकोजस्तो देखिएको हो । तर, चाहिनेभन्दा कम हो । सर्टेज भने छैन । “नेपालमा दैनिक ३३६ किलो सुन आयात हुनुपर्ने हो, तर दश किलो पनि आयात भएको छैन,” शाक्यले भन्नुभयो, “देशको परिस्थितिलाई हेरेर सरकारले बढी सुन आयात गर्न दिएको छैन, राष्ट्र बैंकले पनि कडाइ गरेको छ ।” 

शाक्यका अनुसार कोरोना पछिको बजार चलायमान भएकाले यो आर्थिक वर्षमा बढी नै सुन आयात भएको छ । “गत आर्थिक वर्षमा कोरोनाले बजार नै थप्प भएकाले सुनको आयातमा कमी आएको थियो” उहाँले भन्नुभयो, “अहिले सुनको भाउ बढेकाले पनि आयात बढेको जस्तो देखिएको हो ।” 

कोरोना निर्मूल भएपछि बजार चलायमान भएको छ । त्यसले पनि सुनको आयात बढेको उहाँको भनाइ छ । साढे सातसय किलो पनि सुन नेपाल आउन नसक्नु आपूर्तिमा कमी नै हो शाक्यले भन्नुभयो । उहाँका अनुसार असारमा सुनको काम बढी भएको छ । 

सुनको धेरै महत्व रहेको भन्दै उहाँले भन्नुभयो, “सुन सदियोदेखि प्रयोग हुँदैआएको छ, यसको महत्व नेपालमा मात्र होइन, विश्व बजारमा नै बढी छ । सुन विभिन्न रुपमा प्रयोग हुने र नभइ नहुने तत्व हो ।” नेपालमा यो आर्थिक वर्षमा करिब २६–२७ देशबाट सुनको आयात भएको देखिन्छ । 

सबैभन्दा बढी सुन आयात हुने देशमा युनाइेटड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्ड रहेको छ । कतार, साउदी अरेबिया, जापान, हङकङ, दक्षिण कोरिया, अमेरिका, बेलायत, कुवेत, बहराइन, अस्ट्रेलिया, थाइल्याण्ड, सिङ्गापुर, मलेसिया, भारत, क्यानडा, न्यूजिल्यण्ड, स्वीडेन, लेबनानलगायत देशबाट पनि नेपालमा सुन आयात हुनेगरेको छ । 

अवैधरुपमा नेपाल भित्रिएको सुन

नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको एघार महिनामा १६२ किलो ७२ ग्राम ४९०.२८ तोला सुन अवैधरुपमा नेपाल भित्रिएको छ । अवैधरुपमा नेपाल भित्रिएको सुन प्रहरीले विभिन्न मितिमा विभिन्न ठाउँबाट बरामद गरेको छ । सो सुनको राजश्व मात्रै एक करोड ४८ लाख ३९ हजार २७९ रुपियाँ हुने प्रहरीको तथ्याङ्क छ । सो अवधिमा महानगरीय प्रहरीले १८ किलो सुनसहित १६ जनालाई पक्राउ गरेको छ । प्रदेश १ मा १.३८३.७० ग्राम सुनसहित तीन जना पक्राउ परेकोमा ३० लाख ७ हजार १८२ रुपियाँ राजस्व पर्ने सुन बरामद भएको हो । मधेश प्रदेशमा २.४०.९३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।  

पक्राउ परेको सुनको तीन लाख ११ हजार ५६२ रुपियाँ राजस्व पर्ने देखिन्छ । गण्डकी प्रदेशमा एक किलो ४९७.९७ ग्राम सुनसहित तीन जनाबाट एक करोड १० लाख ९१ हजार ५०२ रुपियाँ राजस्व पर्ने सुन बरामद भएको छ । लुम्बिनी प्रदेशमा चार किलो ९९.४० ग्राम सात तोलासहित सात जनालाई पक्राउ गरेको प्रहरीको तथ्याङ्क छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।