• ११ माघ २०८२, आइतबार

चलचित्रमा चुनावी प्रभाव

blog

काठमाडौँ, माघ ११ गते । देश निर्वाचनमय बन्दै जाँदा यसको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पनि देखिँदै छ । एकातिर कलाकार चुनावी मैदानमा होमिएको अवस्था छ भने अर्कोतफ प्रदर्शनरत भइरहेका र प्रदर्शनको लाइनमा रहेका चलचित्रको व्यापारिक अवस्था कस्तो हुने हो भन्ने अन्योलमा चलचित्रकर्मीहरू रहका छन् । देशमा चुनावको मनोयन दर्ता भएसँगै उपत्यकामा रहेका सर्वसाधारण जिल्ला फर्कने क्रममा छन् भने अर्कोतर्फ काठमाडौँमै बसोबास गर्ने सर्वसाधारण पनि आआफ्नो समर्थकको प्रचारमा व्यस्त देखिन्छन् । यो बिचमा चलत्रिच प्रदर्शन हुँदा दर्शक हलमा नजाने डर निर्माता निर्देशकलाई पक्कै रहेको छ । बक्स अफिसको तथ्याङ्कले पनि यो कुरालाई पुष्टि गरेको छ । यद्दपि चलचित्रको कथाभित्र भावनात्मक कुरालाई देखाएर दर्शकको मन जित्ने परम्परागत शैलीलाई दोहोर्‍याउन छाडेको छैन । यसो भनिरहँदा चलचित्रकर्मीहरूले नयाँपनका अथवा फरक विषयवस्तुका लागि कुनै पहल नै नगरेका हुन् त । सधैँ एकै प्रवृत्तिका अभिनय, हास्यव्यङ्ग्य र रोनाधोनाको दृश्य देखाइरहने हो भने चाहे निर्वाचन होस् या अन्य दर्शक कुन समयसम्म हलमा ओइरिन्छन् भन्ने प्रश्न झन् झन् गम्भिर बन्दै जान्छ ।

नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन अहिले चलचित्र चल्ने माहोल नै राम्रो नभएको बताउनुहुन्छ । उहाँका अनुसार, जेनजी आन्दोलनपछि एक/दुई वटा चलचित्रलाई छाडेर अन्य प्रदर्शन भएका चलचित्रको अवस्था दर्दनाक नै छ । केही माथि उठ्ला कि भन्यो एउटा न एउटा तगारो चलचित्रलाई असर पारिहाल्छ, उहाँले भन्नुभयो, “चलचित्र त चलाउने तर दर्शक नै हलमा नभएपछि हलले कसरी आफ्नो खर्च उठाउँछ ।” अहिले देश निर्वाचनमय भएको समय हो, त्यसैले पनि चलचित्र हेर्ने दर्शक एकदमै कमै हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, सबै निर्वाचनमा होमिएको बेला दर्शक कहाँबाट आउलान् र ? 

चलचित्र भनेको भावनामा नै खेल्ने कुरा हो र चलचित्रभित्र हाँसो, रोधन र एक्सन हुनुभनेको नौलो कुरा नभएको कलाकार दीपकराज गिरीले बताउनुभयो । उहाँका अनुसार, चलचित्र चलाउने सुत्र यही नै हो तर त्यसको प्रयोग गलत ग¥यो भने त्यसले काम गर्दैन । नेपाली चलचित्रको बजारलाई ठ्याक्कै एकै शब्दमा परिभाषित गर्न नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सङ्ख्यात्मक वृद्धिमा अवश्य नै नेपाली चलचित्रले फड्को मारेको हो । गुणात्मकको विकास कत्तिको भएको छ भन्ने कुरा दर्शकले अनुमान गर्ने हो । उहाँले थप्नुभयो, एउटा डरलाग्दो कुरा चाहिँ कुनै समय असफल चलचित्रले पनि एकदेखि डेढ करोड कमाउँथ्यो भने आजभोलि असफल चलचित्रले १० लाख रुपियाँ पनि कमाउँदैनन् । अहिले पनि नेपाली चलचित्र छानेर हेर्नुपर्ने हुन्छ, ढुक्कसँग हेर्ने माहोल अझै नबनेको उहाँको गुनासो थियो । उहाँका अनुसार चलचित्रको सङ्ख्यात्मक वृद्धि त भए तर समय लिएर दर्शकको चाहना बुझेर चलचित्र बनाउनुभन्दा पनि लहडमा चलचित्र बनाउनेको सङ्ख्या धेरै व्यावसायिकता कम भयो । 

पुरानो विषयवस्तु, प्रस्तुति र त्यही पुरानो अनुहार बिक्छ भन्ने मानसिकताबाट अझै पनि निर्माता तथा निर्देशक बाहिर आउन सकेका छैनन् । सधैँ केही न केही बहाना देखाएर चलचित्र नचल्नुको दोष थाोर्पने चलनले दर्शकलाई कस्तो कथा पस्किँदा हुन्छ र कस्तो चलचित्र बनाउँदा दर्शक हलमा आउँछन् भन्ने कुरा निर्देशक निर्माताले नबुझेका नै हुन् त ?